© २०२३
बर्दघाट, १५ पुस । साना किसान कृषि सहकारी सस्था लिमिटेड पन्चनगरले रजत महोत्सव मनाउने भएको छ । २०५७ सालमा स्थापना भएको सहकारीले २५ औं बर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने सस्थाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
रजत जयन्ती मनाउनका लागि अध्यक्ष मथुरा प्रसाद थारुको सयोजकत्वमा ३२ सदस्यीय समिती बनेको छ । त्यस्तै ९ वटा विभिन्न उप समिति समेत गठन गरिएको छ ।
रजत जयन्तीको अवसरमा पश्चिम नवलपरासीमा रहेका १५ वटा साना किसान कृषि सहकारीहरु बीच पुस १७ गते हाजिरीजवाफ प्रतियोगिता गर्ने सस्थाका व्यवस्थापक पुर्णचन्द्र घिमिरेले जानकारी दिए । साथै कार्यक्रममा सस्थाको बिकासक्रम र बित्तीय अवस्थाको जानकारी दिदै घिमिरेले सस्था सामाजिक उत्तरदायीत्वमुलक धेरै काम गर्दै आइरहेको समेत उल्लेख गरे । पुस १८ गते बिहान रक्तदान, पुस १९ गते अतिरिक्त कार्यक्रम अन्तरगत ५० बर्ष भन्दा माथीका उमेर समुहको दौड प्रतियोगिता, कुर्चि दौड, घैटो फोर र पुस २१ गते रजत स्तम्भ उद्द्घाटन गर्दै रजत महोत्सव सम्पन्न गर्ने सस्थाका रजत जयन्तीका प्रचारप्रसार उपसमिति सयोजक झमन बहादुर आले मगरले जानकारी दिए ।
कार्यक्रममा सस्था स्थापना देखी हालसम्म योगदान गर्ने सम्पुर्णलाइ सम्मान गरिने सस्थाका पुर्व अध्यक्ष एब सम्मान तथा अभिनन्दन उपसमिति सयोजक नन्दलाल थारुले बताए ।