© २०२३
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा सरकारी वकिलको तर्फबाट मंगलबार दुई जनाले बहस गरेका छन्।
न्यायाधीश नितिज राईको इजलासमा सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले मंगलबार बहस गरेका हुन्। शर्माको बहस मंगलबार नसकिएपछि बुधबार पनि उनले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले बताइन्।
सरकारी वहिलले बहसका क्रममा सबै प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।
बुधबार सरकारी वकिलकै तर्फबाट बिपिनराज तिवारी, कमला काफ्लेसहित महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्नेछन्।
बहसका लागि रेग्मी र गौतम पोखरा पुगिसकेका छन्।
सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ।
प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रास्वपा सांसद सोबिता गौतम लगायतले बहस गर्ने तयारी गरेका छन्।
दुवै पक्षको बहसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि उनीहरुलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ।
पक्राउ परेका ७ जना प्रतिवादीकै बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।
लामिछानेसहित पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ।
विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकोमा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
यस्तै यी मध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।
सम्पत्ति जफतका लागि रविपत्नी निकितासहित ५ जनालाई पनि प्रतिवादी बनाइएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी