Butwal Today

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौं । ओपनर सेहान जयसूर्याको विस्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिम रोयल्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको हो।

विराटनगरका लागि ओपनर सेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले मात्र ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। पहिलो विकेटका लागि सेहान र लोकेश बमले २।३ ओभरमा ६८ रनको आक्रामक साझेदारी गरेका थिए। लोकेशले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन बनाए। उनी दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए। दुवै विकेट अविनास बोहोराले लिए।

त्यस्तै, आन्द्रे रसेल १० बलमा दुई चौका र दुई छक्कासहित २९ रनमा अविजित रहे। वर्षाका कारण प्रभावित खेललाई १५ ओभरबाट घटाएर पाँच ओभरमा सीमित गरिएको हो। अब सुदूरपश्चिम रोयल्सले जितका लागि पाँच ओभरमा १०६ रन बनाउनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?