ट्रेंडिंग:

>> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ >> अस्तीत्व नै संकटमा परेको नन्दनतालको संरक्षणमा जुट्यो पाल्हीनन्दन गाँउपालिका >> खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन् >> सकियो बुटवलको व्यापार मेला >> एमपक्सको जोखिमविरुद्ध पूर्व सावधानी >> बुटवल मेलामा नेपाल सेरामिक प्रथम >> दुई प्रदेश जोड्दै कालीगण्डकीमा पुल >> गाउँलाई मुकामसँग जोड्दै सरकार >> नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कालिकाको ह्याट्रिक >> आजको मौसम : तराई र उपत्यकामा हुस्सु >> बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु >> दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने >> ईन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’ मा लगाए डिएसपीको फुली >> तेश्रो वडाध्यक्ष कप आयोजना हुने >> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू >> राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त >> सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू >> ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट

भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

भैरहवा, १६ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव–२०२५ हुने भएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ, पर्यटकहरुलाई स्वागत गरौं, स्थानीय खाना र बजारको प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१ तरिख) सडक खाना महोत्सव–२०२५ हुने भएको हो ।

महोत्सवको तयारी पुरा भएको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । स्थानीय कलाकार, स्थानीय परिकारको प्रवद्र्धनमा जोड दिदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाहुनालाई स्वागत गर्न तयार छौं भन्ने सन्देश दिने गरि महोत्सवको आयोजना गरिएको उनले बताए । ‘यो कार्यक्रमले बजार चलायमान गर्नुका साथै भैरहवामा रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्न सहयोग गर्नेमा विश्वस्त छौं ।’ –उनले भने । वर्षमा नै ४–५ वटा सडक खाना महोत्सव सञ्चालन गर्नसके पर्यटन प्रवद्र्धन हुने उनले बताए । प्रहरी टोलमा हुने महोत्सवको मंगलबार साँझ ६ बजे लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीबाट उद्घाटन हुने छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै आयोजना गरिएको सडक खाना महोत्सवमा ४० वटा स्टल राख्ने तयारीमा रहेको बताए । ‘सानादेखि ठूला होटलसम्म परिकार रहनेछन्, सकभर स्टल कम राख्ने गरी अघि बढेका छौं’ उनले भने, ‘एउटैप्रकारका स्टल भन्दा पनि थारु, नेवारी, गुरुङ, मगर लगायत विभिन्न समुदायहरुको खानाका परिकार राखिनेछ । आएका स्टलधनीको धेरै व्यापार होस् र उहाँहरु खुशी भएर जानुहुन्छ भन्ने योजनाका साथ अघि बढेका छौं ।’

महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका रुपन्देही, यूनिक साउण्ड भैरहवा, संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, प्रायोजकमा र ग्रोखा ब्रुअरी सह–प्रायोजकमा रुद्राक्ष मार्ट रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् । महोत्सवको मुख्य सहयोगी यूनिक बैंक्वेट भैरहवा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?