ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव

१६ पुष २०८१, मंगलवार
१६ पुष २०८१, मंगलवार

काठमाडौं, १६ पुस।

नेपालमा पहिलो पटक वंशानुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ। यसअघि यो परीक्षण नेपालमा गर्न सकिँदैन थियो, तर अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसलाई गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यसअघि यस्ता परीक्षणका लागि नमुना विदेश पठाउनु पर्ने बाध्यता थियो, तर अब प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेपछि वंशानुगत परीक्षण देशभित्रै सम्भव भएको हो।

प्रयोगशालाका प्रमुख रञ्जनराज भट्टका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अब देशभरबाट प्राप्त स्तन क्यान्सरका वंशानुगत नमूनाहरूको परीक्षण गर्न सक्षम हुनेछ। उनले भने, “यस्तो परीक्षण अब पहिलो पटक नेपालमा सम्भव भएको हो र अब देशबाहिर नमुना पठाउनु पर्दैन।”

यस परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सरको सम्भावना कुनै व्यक्तिका परिवारमा छ कि छैन, त्यसको पहिचान गर्न मद्दत पुर्‍याउनेछ। प्रारम्भिक चरणमा उपचार गर्दा व्यक्तिको परिवारलाई क्यान्सरबाट बचाउन सकिने चिकित्सकहरूको भनाइ छ।

भारतमा यस्ता परीक्षणको शुल्क ६० हजार रुपैयाँसम्म पर्न सक्ने, र विदेश पठाउँदा समयको खपत र शुल्‍क पनि बढी लाग्ने समस्यासँगै, नेपालमा यो परीक्षण अब ३० हजार रुपैयाँ भित्र गर्न सकिनेछ।

अहिले नेपालमा वर्षमा लगभग २,००० जना स्तन क्यान्सरको वंशानुगत परीक्षण गराउँदै आएका छन्, र ती सबै परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नियमित रूपमा गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?