ट्रेंडिंग:

>> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू >> राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त >> सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू >> ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट >> बंगलादेशका हिन्दु नेतालाइ छाडन अदालतले दिएन अनुमति >> भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित >> गृहमन्त्री रमेश लेखकले प्रचण्डलाई धन्यवाद दिन तयार रहने प्रस्ताव >> विभागिय टिम त्रिभुवन आर्मीको पहिलो जित >> काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकमा केन्द्रविन्दु >> तराईका जिल्लामा अत्यधिक चिसो, चिसोबाट जोगिन चिकित्सकको सुझाव >> राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिग चरण आजदेखि सुरु >> चर्चित बालगायक सचिन परियारको निधन >> दलित आयोगकी पुर्व सदस्य सचिवको ठगी धन्दा, क्यान्सरपीडित महिलासँग ८४ लाख ठगी >> पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन >> शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ मागे >> कृषि व्यवसायमा रमाउदै दाङका खनाल >> काठमाडौंको पिंगलास्थानस्थित होटलमा युवतीको शव फेला >> १२ निर्माण कम्पनी कालोसूचीमा >> सुन र चाँदीको मूल्यमा वृद्धि >> आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने >> प्रि ओपन सेसनमा २.३३ अंकले वृद्धि >> प्रधानमन्त्री ओली र श्रीलङ्ककाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता >> युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा >> तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित >> माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा >> भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले बेचेनन् >> जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या >> एमाले सचिवालय बैठक बस्दै >> जिम्बाबेमा मृत्युदण्ड सम्बन्धि व्यवस्था खारेज, ६० कैदीको जोगियो ज्यान >> युक्रेनले बाटाे नदिदाँ युरोप जाने रुसी ग्याँस बन्द, ६० बर्ष पछि युराेपमा आपतकाल >> पृथ्वी चन्द्र अस्पतालमा भ्रष्टाचार भएकै हो त ? >> क्रुरतापुर्वक कुकुर मार्ने दुई पक्राउ >> औद्योगिक ब्यापार मेला र बुटवल >> कारागारलाई सुधार गृह बनाऊ >> कपुचेको आँखा अघि हिम पहिरो र हिमाल >> माघि मेला गर्दै रुपन्देहीका होटल ब्यवसायी

स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

बुटवल, १५ पुस । दक्ष जनशक्ति उत्पादन रोकिने र भएका विदेश पलायनको कारण देशभित्र स्वस्थ्य क्षेत्रमा जनशक्ति अभाव देखिन थालेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । प्राविधिक शिक्षामा अग्रसरमा अक्सवृज ईन्टरनेश्नल एकेडेमीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्ने बक्ताहरुले उत्पादन रोकिने र भएका बाहिरिदै जाने प्रक्रिया रोक्नेतर्फ सरकारबाट आवश्यक नीतिगत पहल गर्न आग्रह गरे ।

एकेडेमीमा नव आगन्तुक एच ए र ल्याब टेक्निशियनका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले सेवाभावना र स्वस्थ्यसंग जोडिएको पेशालाई जोगाउन सुझाव दिए । हरेक विधामा दक्षता हासिल गर्न सके नाम र दाम हुने उदाहरण दिदै उनले यसका लागि कडा मेहनत र लगन जरुरी रहने बताए । ‘खेल, स्वस्थ्य हरेक विधामा आफनो र देशको नाम कमाउन सकिन्छ ।’– उनले भने । ३ वर्षको अवधिको एच.ए. र ल्याब टेक्निशियन विषयमा उत्कृष्टता हासिल गर्न उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा.कृष्ण खरेलले प्रविधिको उपयोगमा युवापुस्ताबाट ध्यान दिन जरुरी रहेको बताए । प्रविधि अहिलेको युगको आवश्यकता भएपनि यसको सहि प्रयोग नहुदा धेरै समस्या र जटिलता देखिएको उनले बताए । अर्कोतर्फ युवाहरुमा जिवनशैली र खानपिनको कारण स्वस्थ्यमा नकारात्मक प्रभाव परेको उदाहरण दिदै यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । स्वस्थ्य क्षेत्रमा प्रवेश गर्दाको आफ्नो अनुभवहरु सुनाउदै उनले सफलताको लागि निरन्तरता जरुरी हुने बताए ।

कार्यक्रममा प्रबन्ध निर्देशक डिबि खनालले लुम्बिनी प्रदेशमा नै प्राविधिक शिक्षामा एकेडेमी अगाडि रहेको बताए । एकेडेमीमा ल्याब टेक्निसियन, एचए, प्रि डिप्लोमा ईन अग्रिकल्चर, प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ लगायत विषय अध्ययापन गराईदै आएको छ ।
कार्यक्रममा अक्सवृजका अध्यक्ष गोबिन्द खनालले अध्ययनका क्रममा सिकेका ज्ञान ब्यवहारिक जिवनमा उपयोग हुने बताए । अक्सवृज्ञ अब एकेडेमीमात्र नरहेर समाजमा निरन्तर ज्ञान बाड्नै आएको उनले बताए । एउटा सामान्य भाषा एकेडेमी हुँदै अहिलेसम्मको अवस्थामा रुपान्तरण हुनुमा संस्थाका सबै सरोकारवाला निकायहरु, विधार्थी, अभिभावकहरुको योगदान रहेको उनले बताए । एउटा महत्वपूर्ण संस्थाका रुपमा चिनिने गरि अघि बढेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकालले स्वास्थ्य शिक्षाको क्षेत्रमा देश जटिल मोडमा पुगेको बताए । स्वस्थ्य शिक्षाबाट देशभित्र नै योगदान दिने युवाहरु विदेशिने क्रममा रहेको हुदा यसलाई रोक्ने गरि सरकारबाट पहल चाल्न जरुरी उनले बताए । ‘नीतिगत पहल जरुरी छ ।’– उनले भने । भविष्यमा स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी देखिने निश्चितता रहेको उनले बताए ।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा बिनोद पराजुलीले प्राविधिक शिक्षा संवेदनशील शिक्षा भएको बताए । हरेक सिकाईमा सानो भएर लाग्न सकेमात्र सीपमा दक्षता हासिल हुने तर्क दिदै ब्यवासायिक र सामाजिक क्षेत्रमा योगदान दिने गरि लाग्न सुझाव दिए । मानव स्वस्थ्यसंग जोडिएको विषय हुदा यसमा दक्षता जरुरी हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल, भैरहवा भिम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, पुर्व मेसु सुदर्शन थापा, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा बिनोद पराजुली, प्राविधिक शिक्षा तथा ब्यवसायिक परिषद लुम्बिनी प्रदेशका सुचना अधिकृत डा राजु भुषाल, महाराज रिसोर्ट प्रालिका अध्यक्ष ताराप्रसाद भण्डारी, मानव अधिकार तथा शान्ति समाजका पुर्व जिल्ला सभापति कृष्ण भट्टराईले शैक्षिक उत्कृष्टतासंगै विद्यार्थीहरुमा अनुसासन र व्यवहार प्रमुख हुने बताए ।

कार्यक्रममा एकेडेमीको वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको सप्ताहब्यापी खेलकुद गतिविधिमा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?