Butwal Today

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ

१६ पुष २०८१, मंगलवार
अ+
अ-

बुटवल, १६ पुस ।

हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार रोकाया र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै २ वर्ष कैद र ९ लाख ७५ हजार रूपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

यही मुद्दामा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष जोसी धामी, इन्जिनियर रामराज शाही, लेखापाल पूर्णप्रसाद आचार्य र सवओभरसियर पदमबहादुर धामीले भने सफाइ पाएका छन् ।