© २०२३
बुटवल, १६ पुस ।
दक्ष जनशक्ति उत्पादन रोकिने र भएका विदेश पलायनको कारण देशभित्र स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव देखिन थालेको एक कार्यक्रममा बोल्ने बक्ताहरूले दाबी गरेका छन । प्राविधिक शिक्षामा अग्रसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले उत्पादन रोकिने र भएका बाहिरिदै जाने प्रक्रिया रोक्नेतर्फ सरकारबाट आवश्यक नीतिगत पहल गर्न आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले सेवा भावना र स्वास्थ्यसँग जोडिएको पेशालाई जोगाउन सुझाव दिए । हरेक विधामा दक्षता हासिल गर्न सके नाम र दाम हुने उदाहरण दिँदै उनले यसका लागि कडा मेहनत र लगन जरुरी रहने बताए ।
‘खेल, स्वास्थ्य हरेक विधामा आफनो र देशको नाम कमाउन सकिन्छ ।’– उनले भने । ३ वर्षको अवधिको एच.ए. र ल्याब टेक्निसियन विषयमा उत्कृष्टता हासिल गर्न उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा.कृष्ण खरेलले प्रविधिको उपयोगमा युवापुस्ताबाट ध्यान दिन जरुरी रहेको बताए । प्रविधि अहिलेको युगको आवश्यकता भएपनि यसको सहि प्रयोग नहुदा धेरै समस्या र जटिलता देखिएको उनले बताए । अर्कोतर्फ युवाहरूमा जिवनशैली र खानपिनको कारण स्वस्थ्यमा नकारात्मक प्रभाव परेको उदाहरण दिदै यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । स्वस्थ्य क्षेत्रमा प्रवेश गर्दाको आफ्नो अनुभवहरू सुनाउदै उनले सफलताको लागि निरन्तरता जरुरी हुने बताए । कार्यक्रममा प्रबन्ध निर्देशक डिबि खनालले लुम्बिनी प्रदेशमा नै प्राविधिक शिक्षामा एकेडेमी अगाडि रहेको बताए । एकेडेमीमा ल्याब टेक्निसियन, एचए, प्रि डिप्लोमा ईन अग्रिकल्चर, प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ लगायत विषय अध्ययापन गराईदै आएको छ ।
कार्यक्रममा अक्सवृजका अध्यक्ष गोबिन्द खनालले अध्ययनका क्रममा सिकेका ज्ञान ब्यवहारिक जिवनमा उपयोग हुने बताए । अक्सवृज्ञ अब एकेडेमीमात्र नरहेर समाजमा निरन्तर ज्ञान बाड्नै आएको उनले बताए । एउटा सामान्य भाषा एकेडेमी हुँदै अहिलेसम्मको अवस्थामा रूपान्तरण हुनुमा संस्थाका सबै सरोकारवाला निकायहरू, विधार्थी, अभिभावकहरूको योगदान रहेको उनले बताए । एउटा महŒवपूर्ण संस्थाका रूपमा चिनिने गरि अघि बढेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकालले स्वास्थ्य शिक्षाको क्षेत्रमा देश जटिल मोडमा पुगेको बताए । स्वस्थ्य शिक्षाबाट देशभित्र नै योगदान दिने युवाहरू विदेशिने क्रममा रहेको हुदा यसलाई रोक्ने गरि सरकारबाट पहल चाल्न जरुरी उनले बताए । ‘नीतिगत पहल जरुरी छ ।’– उनले भने । भविष्यमा स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी देखिने निश्चितता रहेको उनले बताए ।
कार्यक्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा बिनोद पराजुलीले प्राविधिक शिक्षा संवेदनशील शिक्षा भएको बताए । हरेक सिकाईमा सानो भएर लाग्न सकेमात्र सीपमा दक्षता हासिल हुने तर्क दिदै ब्यवासायिक र सामाजिक क्षेत्रमा योगदान दिने गरि लाग्न सुझाव दिए । मानव स्वस्थ्यसँग जोडिएको विषय हुदा यसमा दक्षता जरुरी हुने उनले बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल, भैरहवा भिम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, पुर्व मेसु सुदर्शन थापा, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा बिनोद पराजुली, प्राविधिक शिक्षा तथा ब्यवसायिक परिषद लुम्बिनी प्रदेशका सुचना अधिकृत डा राजु भुषाल, महाराज रिसोर्ट प्रालिका अध्यक्ष ताराप्रसाद भण्डारी, मानव अधिकार तथा शान्ति समाजका पूर्व जिल्ला सभापति कृष्ण भट्टराईले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूमा अनुसासन र व्यवहार प्रमुख हुने बताए ।कार्यक्रममा एकेडेमीको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको सप्ताहब्यापी खेलकुद गतिविधिमा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।