© २०२३
बर्दघाट, १५ पुस ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा २ दिने नेपाली भाषा शुद्ध लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट नगरपालिकाको भाषा, कला, र साहित्यको उजागर गर्दै आइरहेको प्रतिष्ठानले संघ सस्था र कार्यलयका प्रतिनिधिलाई लक्ष्यित गरि भाषा शुद्ध लेखन सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्यापन गर्ने नेपाली शिक्षक, १६ वटा वडाका कार्यालय सचिव एवम् कम्प्युटर अपरेटर र विभिन्न सँस्थाका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि भाषा आयोगका सदस्य अमर गीरीले बोल्दै नेपाली भाषाको सन्दर्भमा एक प्रकारको अराजकता रहेको बताए । “हरेक भाषाका आफ्ना बिशेषताहरू रहेका छन । नेपाली भाषाका पनि विशेषता छन । नेपाली भाषाका बिशेषतालाइ चिन्न नसक्दा हिज्जेमा बिबाद आएको हो ।“ गिरीले भने । नेपाली भाषा बिज्ञहरू मध्ये एक थरीले सस्कृत अनुसार चल्नु पर्ने र अर्को थरीले भाषा सरलिकृत अनुसार अगाडि बढ्नुपर्ने धारणा राख्दै आएको उनको भनाइ थियो ।
त्यस्तै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले शैक्षिक क्षेत्रमा नै सबै भन्दा पहिले भाषिक शुद्धता हुनुपर्ने बताए । न्यौपानेले भाषामा अनुशासन हुनुपर्नेमा जोड दिदै उनले नेपाली भाषाको शुद्ध प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको र आगामी दिनमा यस्ता गतिविधि अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिष्ठानको योजना रहेको कुलपति न्यौपानेले बताए ।
प्रशिक्षण एवम् गोष्ठिमा शेषकान्त पौडेल, डाक्टर श्याम प्रसाद न्यौपाने र डाक्टर बालकृष्ण चापागाँइले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा शिक्षकहरू तर्फबाट ज्ञानज्योति माबिकि शिक्षीका निर्मला न्यौपाने, सञ्चार क्षेत्रबार बर्दघाट प्रेस क्लवका सचिब प्रकाश न्यौपाने र निजामती कर्मचारीहरूको तर्फबाट हीमा बनले बोल्दै प्रशिक्षण र गोष्ठी प्रभावकारी भएको र आगामी दिनमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । प्रशिक्षण तथा गोष्ठीमा विद्यालयका शिक्षक–शिक्षिका, सामाजिक संघ संस्थाका प्रतिनिधि गरी ६० जनाको सक्रिय सहभागिता रहेको थियो ।