© २०२३
वीरगन्ज ।
१६० गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजलाल विश्वकर्मा रहेका छन् ।
घलान ट्रक साहुसमेत हुन् । आइतबार राति परवानीपुरबाट वीरगन्ज, ड्राइपोर्टतर्फ जाँदै गरेको बेला ना. ३ ख ४२१२ नम्बरको ट्रक पक्राउ परेको हो ।
चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।