© २०२३
बुटवल, १५ पुस । बुटवलमा सम्पन्न क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबल टुर्नामेन्टको उपाधि स्कलर्स होम एकेडेमीले चुमेको छ । सिद्धेश्वर खेलमैदानमा सोमबार भएको फाईनलमा नवीन माबिलाई २–० गोल अन्तरले पराजित गर्दै स्कलर्स होम एकेडेमीले उपाधि चुमेको हो । उपाधिसंगै स्कलर्सले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता नवीन भने नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा स्कलर्सका शुसान्त थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरि दोस्रो हाफमा स्कलर्सकै बिक्कि थापाले अर्को गोल थपे । रिबाउण्ड बललाई थापाले डिबक्सभित्रबाट आकर्षक गोल गरे । फाईनल खेलमा स्कलर्सका सुसान्त थापा क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा स्कलर्सका नविन मर्सांगी उत्कृष्ट गोलकिपर, सुमित पुलामी हाई स्कोररबाट पुरस्कृत भए । नबिनका मानस थकाली सर्वोत्कृष्ट खेलाडी बने ।
एक कार्यक्रमका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्यानन बोर्डिङ स्कुलका अध्यक्ष थानेश्वर पौडेल, संस्थापक सदस्य डोलराज पाण्डे, क्याननका प्रधानाध्यापक शंकर भण्डारी, ईसिए प्रमुख मीनराज गिरीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा रुपन्देहीका २६ टिमले प्रतिस्पर्धा गरेको खेल संयोजक सुमन गिरिले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी