© २०२३
हैदाराबाद, १६ पुस ।
वर्षै पिच्छे कमाई र हिट फिल्मका कारण साउथ सिनेमाले बलिउडलाई ओझेलमा पारेको छ ।
दक्षिण सिनेमामा, टोलिउड (तेलुगु), कोलिउड (तमिल), चन्दन (कन्नड) र मलयालम सिनेमाले प्रत्येक वर्ष आफ्ना फिल्महरूबाट धमाका सिर्जना गरिरहेका पनि छन । अहिले तेलुगुको ‘पुष्पाः २ द रुल’ र मलयालम सिनेमाको एक्शन थ्रिलर फिल्म ‘मार्को’ले बक्स अफिसमा राज गरिरहेका छन् ।
यसैबीच, सन् २०२४ मलयालम सिनेमाका लागि ठूलो घाटाको वर्ष भएको खबर आएको छ । चालु आर्थिक वर्षमा करिब १९९ फिल्म रिलिज भएका थिए, जसमध्ये २६ फिल्म मात्रै बक्स अफिसमा हिट हुन सफल भएका छन । केरला चलचित्र निर्माता संघले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ कि सन् २०२४ मा मलयालम सिनेमाबाट १९९ फिल्म रिलिज भएका छन्, जसमध्ये २६ फिल्म मात्रै सफल भएका छन् । यी सबै फिल्मको कुल लागत १००० करोड रुपैयाँ थियो र रिटर्न मात्र ३०० करोड हुन पुगेको छ। उसका अनुसार योसँगै मलायालम सिनेमा उधोगले यो वर्ष ७०० करोडको ठूलो घाटा बेहोरेको छ । निर्माण पक्षले चलचित्रको लागत र कलाकारको चर्को पारिश्रमिक नै घाटाको प्रमुख कारण रहेको बताएको छ ।
तर, सन् २०२४ मा मलयालम सिनेमाबाट १०० करोड र ५० करोड कमाउने फिल्महरू पनि रहेका छन । सुपरस्टार मोहनलालको कुन फिल्मले दर्शकलाई निराश बनायो भन्ने पनि थाहा यस तथ्यांकवाट थाहा हुनेछ ।
सय करोड क्लबमा प्रवेश गर्ने चलचित्रहरु कमै रहे । सन् २०२४ मा केही मलायालमहरू मात्र १०० करोडको क्लबमा प्रवेश गरेका छन् । १०० करोड कमाउने फिल्ममा अवेशम, मन्जुमेल ब्वाईज, आदुजीवतम, प्रेमलु र एआरएम पर्छन्। यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म मञ्जुमेल ब्वाईज हो, जसले २४२ करोड कमाएको छ । योसँगै ५० करोड कमाउने फिल्ममा काण्डम, किष्किंदा, वर्षङ्गल्कु शेषम र गुरुवायुयार अम्बालानादयिल रहेका छन् ।
धेरै मलयालम चलचित्रहरू चालू वर्षमा पुनः रिलिज भएका थिए, जसमा मनचित्रान्थाझु र वेलियाट्टन पनि समावेश थिए। योसँगै मलयालम सुपरस्टार मोहन लालको फिल्म बरोज पनि फ्लप साबित भएको छ र जसका कारण सुपरस्टारका फ्यानहरु निकै निराश भएका छन् । योसँगै केरला फिल्म प्रोड्युसर एसोसिएसनले पनि यसप्रति चिन्ता व्यक्त गर्दै सकेसम्म धेरै राम्रा फिल्म बनाउन निर्माताहरुलाई आग्रह गरेको छ ।