© २०२३
नवलपरासी , १५ पुस ।
जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कको ब्यवस्थानमा स्थानिय सक्रिय भएका छन् । थारुहरूको महान चाँड माघी अर्थात (खिचडी महोत्सव) लाई लक्षित गरि पार्क ब्यवस्थापनमा स्थानीय जुटेका हुन् ।
विगत डेढ दशक देखि स्थानीय श्रीराम युवा प्रष्ठिानको सक्रियतामा हुँदै आएको खिचडी महोत्सव यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी भइरहेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थानीय स्तरबाट शुरु भएको खिचडी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्सवबारे निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिने छ । यसले बालबालिकामा यसको अध्ययन र ब्याख्यात्मक कलाको विकास हुने उनको भनाई थियो ।
विगतमा वृक्षरोपण गर्दै अगाडि सरेका मनरीका थारु महिलाहरू अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावटमा लागेका छन् । गाँउका विभिन्न सांस्कृतिक समूहहरू पनि तयारीमा लागेका छन् । वृक्षरोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो, जुन अहिले एक सुन्दर महमोहक पार्कमा रूपान्तरित गर्न स्थानीय थारु महिलाको झण्ड सक्रिय बढेको छ । पहिला खिचडी महोत्सव जनता मावि मनरीको चौरमा मनाईने गरिएको थियो, अध्यक्ष चौधरीले भने, गत बर्ष सो महोत्सव सुन्दर पार्क क्षेत्रमा सारिएको थियो । यो बर्ष अझै यसले ब्यापकता बनाउन पाउँदा थारु महिलाहरू खुशी ब्यतm गरेका थिए ।
पार्कको रूपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरू निस्वार्थ भावले सरसफाई तथा सजावटमा लागेका छन् । विद्यालय देखि झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उतm पार्कमा यो बर्ष देखि खिचडी महोत्सव तथा माघी मेला हुने भए पछि स्थानिय पार्क ब्यवस्थापनमा गर्दै आकर्षण थप्नमा लाग्ने गरेका छन् । थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिएर काम गर्दै आएको छ । विद्यालय परिसर अस्थाई हो,उनले थपे,तर यो पार्कमै उतm मेला लगाउदा पार्कको पनि प्रवद्र्धन हँुदै जानेछ । मेलामा बनाईने धेरै जसो थारु ंस्कृति झल्किने खालको पूर्वाधारहरू स्थाई रूपमा पार्क भित्रै सुरक्षित र संक्षक्षित पनि हुने भएको छ । यसले गाउलेमा उत्साह समेत बढाएको छ ।
थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि निर्माण भई सकेको छ, उनले भने, डिपिआर अनुसार स्थायी संरचनाहरू बनाउदै जान्छौ । सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि सोही क्षेत्रका संघिय साँसद तथा पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले बजेट समेत विनियोजन गरेको जानकारी गराएको बताउँदै उनले छिट्टै सो काम पनि हुने उनले विश्वास ब्यतm गरे । यति छोटो समयमै थारु साँस्कृति पार्कमा स्थानियको आकर्षण बढेको छ ।
पार्कलाई नै लक्षित गरि नजिकै स्थानिय नागेन्द्र चौधरीले आफ्नो निजी करिब १० कट्ठा जग्गामा रिसोर्ट समेत निर्माण गर्दै छन् । खिचडी महोत्सवकै अवसरमा उनले सो रिसोर्टको शुभारम्भ समेत गर्ने उनको भनाई थियो । अहिले पार्कको सरसफाई तथा रुख विरुवा सजाउने कार्य भई रहेको छ । थारुको परम्परागत खपडाका घर टहरा पनि प्रदर्शनीका लागि त्यहाँ निर्माण भई रहेका छन् । खेलकुदका लागि पनि खेलमैदान बनाउने कार्य पनि भई रहेको छ । मेला विस्तार हँुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रूपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थायी स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन, नियमित मनोरन्जन, रमाईलो, शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भई रहेका छन ।
मनरी गाउँ नजिकै भलुही खोला किनारमा रहेको वृक्षरोपण क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए, उनले भने, यसका लागि वृक्षरोपण गर्ने समूहसँग गाउँपालिकाले छलफल गरेर योजना अगाडी बढाएको हो । उनीहरूकै सहमतिमा सो वृक्षरोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ, उनले थपे, वृक्षारोपण गर्ने समुह र स्थानीयबासीको सहमति भएमा गाउँपालिकाले लगानी गर्न सक्छ । डिपिआरका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरूसँग पहल गर्दैछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षरोपण भएको छ । रुखहरू पनि हुर्कि सकेको छ । वरिपरि कुलो, खोला र जलासय समेत रहेको छ ।
यसले पनि पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरू बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रूपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुँदा यसप्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।