© २०२३
महाराष्ट्र,पुणे(भारत), १४ पुस ।
भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा शनिबार बाट अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ ।
भारतको पुणे स्थित खेलकुद बिभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितमा शनिबार सम्पन्न बिभिन्न उमेर समुहको काँटा प्रद्वर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालको तर्फबाट उत्कृष्ट काटा प्रद्र्वशन गरेका १० बर्ष मुनिका खेलाडी समूहका शिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका छन । यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका बिभन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन ।
भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका बिभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत आज र भोलि बिभिन्न उमेर र तौल समूहको अन्तिम फाईनल हुने छ । नेपालको तर्फबाट बिभिन्न समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागि रहेको जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका अध्यक्ष केबी रानाले बताउनुभयो । नेपाली प्रतियोगि खेलाडीहरूको प्रद्वशन उत्कृष्ट रहेको उनले बताए ।
यस अघि शनिबार प्रतियोगिताको उद्घघाटन भारतिय सिने अभिनेता डा सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताए । उनले खेलकुदको कराते जस्तो बिधाले आत्मसुरक्षा, अनुशासन र स्वस्थ्य राख्न मद्दत पु¥याउने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी