© २०२३
काठमाडौँ ।
विभिन्न स्थानहरूबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित सात जना व्यक्तिहरूलाई पक्राउ गरेको छ।
काठमाडौँको नागार्जुन नगरपालिका–२ बाट ३१ वर्षीय विद्या सागर लामालाई डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिससहित पक्राउ गरिएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
कैलालीको गोदावरी नगरपालिका–२ बदनाम गल्लीबाट २१ वर्षीय अमित शाकी र २५ वर्षीय वीरेन्द्र साउँदलाई स्पास्मो ३६ ट्याब्लेटसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट १,२०० पिस नोर्फिन, डाइजेपाम र फेनारगनसहित एक किशोरीलाई शनिबार राति पक्राउ गरिएको छ। उक्त किशोरी रौतहट कटहरिया नगरपालिका–७ का १८ वर्षीया रही गौरबाट काठमाडौँतर्फ जाँदै थिए।
सुनसरी, धरान उपमहानगरपालिका–१५ मिलन चोकबाट २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठलाई स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेटसहित पक्राउ गरिएको छ। अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको टोलीले उनीहरूलाई स्कुटरमा सवार रहेर पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका–९ गैरी गाउँमा २८ वर्षीय अजय राजवंशीलाई अवैध ब्राउनसुगर जस्तो देखिने ५ ग्राम ९० मिलिग्राम पदार्थ, ५ थान मोबाइल र नगद ५० हजार १ सय ५० रूपैयाँसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनको कोठामा तलासी लिँदा उक्त पदार्थ फेला पारेको हो।
पाल्पा, बगनासकाली गाउँपालिका–५ राम्दीबाट २८ वर्षीय गणेश श्रेष्ठलाई डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस र नोर्फिन ४६ पिससहित पक्राउ गरिएको छ। प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सम्पूर्ण घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।