© २०२३
बुटवल, १३ पुस । बुटवलमा जारी महोत्सवमा शनिबार लोक दोहोरी गायिका शान्तिश्री परियारले दमदार प्रस्तुति दिईन । बिदाको दिन, हजारौ दर्शकको भिडमा हौसिएर स्टेजमा पुगेकी परियारले ६ बजेबाट लगातार सव घण्टा प्रस्तुती दिईन । भरिभराउ दर्शकका माझ ‘लाउन दाजै पिरती…’ भन्दै उनले गीत शुरु गरिन । लगत्तै ‘कहाको साईनो कहा गएर जोडियौ.. माली गाईलाई बाधेको दाम्ला, मेरो माया छोडेर कहा जाम्ला ।’ गाईन ।
लगत्तै तेस्रो गित ‘रुकुमकोट हान माया चौका दाउ हुकुमको..’ ले भने दर्शक झुमे । तातिएकै बेला उनले चौथो गित ‘कम्मरैमा पटकी कसेर, मुसुमुसु हासेकी बसेर…रुकुमै कोट…आखा नि राम्रै हो ।’ गाईन । तिम्रो पनि सेतै छ कछाड, राम्ररी हेरन छैन कुनै खोट…… भन्दै उनले दर्शकलाई हौसाए । ऐतिहासिक मेला बनाउने कुरा गर्दै चलेको हुटिङबिच पाचौ गित दर्शकसंगै उनले ‘गोर्खे खुकुरी गाईन…मन जित्यो बुटवलले’ भन्दै टुक्का गाईन । ‘लाहुरे दाईले सलामै ठोकेर सिठ्ठी फुक्यो चोर औला टोकेर…गोर्खे खुकुरी कम्मरमा, मन जित्यो मायाले पहिलो नम्बरमा…’ भाखासंग दर्शकले गित गाए ।
साझको बेला चिसिएको बेला उनले छैटौ चर्चित गित गाईन । ‘ओखनी भैया बैस..सुकाको बिस्कुन चोर्यो जुरेलीले…लौ न भैया हान्देउ गुलेलीले…’ गित प्रस्तुत गरिन ।
माया जति बाडेपनि नसकिने तर्क दिदै उनले दर्शकलाई ‘आई लभ यु’ भन्दा दर्शक धेरै खुशी देखिए । उनले सातौ गित ‘भिर महुरी भिरैमा….टोपी शिरैमा…मलाई नहुने मायाले पारयो पिरैमा…’गाईन । लगत्तै आठौ गितमा ‘यसै माया मर्ने चिज हो र, बनमा खयर…नसोध मलाई कहा लाग्छ माया, मन छ हेर…’ भन्दै दर्शकलाई नचाईन । अब भने उनले नवौ गित चर्चित अडेरी काडा…मा दर्शकलाई नचाईन । उनले ‘छैन नी साईली…अडेरी काडैले मलाई च्यास च्यास….’ गाउदा दर्शकसंगै गाए ।
अन्तिममा उनले दशौ गित चर्चित ‘गलबन्दी च्यातियो’ गाईन । ‘भयो भेट बुटवलको साझमा, पछ्यौरी च्यातियो तिमीले तानेर, फसाउन नखोज सोझी ठानेर ’ भन्दै दोहोरी गाउदै दर्शकसंग बिदा मागिन । तर दर्शक बिदा दिने मुडमा थिएनन । वन्समोरको डिमान्डसंगै उनले अन्तमा फेरि ‘अडेरी काडै’ गाउदै बिट मारिन । शनिबार मेलामा अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिती रहेको आयोजकको दाबी छ ।