ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

भैरहवामा लक्ष्मी सनराईज बैंकको डिजिटल संवाद

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

भैरहवा, १४ पुस ।
लक्ष्मी सनराईज बैंकले भैरहवामा डिजिटल वित्तिय संवाद कार्यक्रम आयोजना गरेको छ । बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम मार्फत वित्तीय सचेतना दिने उद्धेश्य सहित लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल सम्बाद कार्यक्रम आयोजना भएको हो ।
बैंकले डिजिटल डिसेम्बर पहल अन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा यस क्षेत्रका व्यवसायी, बिद्यार्थी, प्राध्यापक,कर्मचारी,सुरक्षानिकाय लगायतका सरोकारवाला संग सम्बाद कार्यक्रम आयोजन गरेको हो । .
कार्यक्रममा डिजिटल भुक्तानी लगायतका विषयमा जानकारी दिँदै यस्का फाइदा संगै नकारात्मक पक्षका बारेमा चर्चा सहभागिले गरेका थिए ।
कार्यक्रममा आफनो भनाई राख्दै नेपाल राष्ट्र बैंकका निर्देशक एवं सिद्धार्थनगर शाखाका प्रमुख बिज्ञान राज सुबेदीले नेपाल राष्ट्र वैंकको पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढीरहेको भन्दै जति बढी जनताहरूमा वित्तिय साक्षरता प्रदान गर्न सकियो त्यति बढी डिजिटल भुक्तानीको ब्यापकता बढने बताउदै नेपाल राष्ट्र वैंकको मुख्य एजेन्डाका रूपमा वित्तिय साक्षरता रहेको जनाए । त्यसैले हामीले सबै स्टेकहोल्डरहरूलाई वित्तिय साक्षरता अनिवार्य गर्न लगाउने गरेका छौ, उनले भने ।डिजिटल भुक्तानी या डिजिटल बैंकिंगका क्रममा सेवाग्राहीमा प्राविधिक समस्या आउने गरेको मात्र नभई ठगीएको गुनासो समेत आउने गरेकाले त्यस्ता प्राविधिक पक्षको समाधानमा सेवाप्रदायक सस्था लाग्नु पर्नेमा जोड दिदै बढीभन्दा बढी डिजिटल बैंकिंग साक्षरतामा जोड दिए । निर्देशक सुबेदीले लुम्बिनी प्रदेशमा मोबाइल बैंकिंग प्रयोगकर्ता कर्ता र इन्टरनेट बैंकिंग प्रयोगकर्ता बढीरहेको जनाए ।
डिजिटल संवाद कार्यक्रममा रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले डिजिटल भुक्तानीले आम सर्बसाधारणलाई धेरै सजिलो बनाईदिएको बताउदै समस्या पनि रहेको जनाए । डिजिटल पेमेन्टका माध्यमबाट ठगि, बैंकको कर्मचारी भन्दै ओटीपि माग गरी ठग्ने, फेक अनलाइन पसल खोली अनलाइन पेमेन्ट माग गरी ठगी, स्पाम मेसेज गरी डिजिटल पेमेन्ट मार्फत सर्बसाधारण ठगिने गरेको भन्दै यस्ताबाट सबै सचेत हुने गरी डिजिटल भुक्तानी अझ प्रभाबकारी, भरपर्दो र सुरक्षित बनाउनु पर्नेमा जोड दिए ।
सर्बसाधारणले चेक बाउन्स,साइबर अपराध, अनलाइन ठगि लगायतका समस्या लिएर कार्यालयमा आउने गरेका छन्, डिजिटल पेमेन्ट होस या साइबर वा अनलाईन ठगिको अनुसन्धान केन्द्रबाट हुने र सिमित श्रोत साधनका कारण समय लाग्ने प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।डिजिटल भुक्तानी भएको देखिने तर उता अर्को संस्था वा ब्यक्तीको खातामा भुक्तानी नहुने समस्या पनि आउने भएकाले त्यस्ता बिषयमा अटो रीफन्ड हुने व्यवस्था भए सेवाग्राहीलाई सुबिधा पुग्ने उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बैंकिंग कारोबारमा डिजिटल भुक्तानीले सबैलाई फाइदा पुरयाएको बताए । अहिले पैसा मात्र होइन, संसारनै मोबाइलमा रहेको छ, नबिन प्रबिधीले व्यवसाय अघि बढाउन मद्धत गरेको छ, उद्योग व्यवसाय क्षेत्रमा अझ बढी फाइदा पुगेको छ, क्यास लेस मात्र होइन, फेस लेस कारोबार हो डिजिटल भुक्तानी , अध्यक्ष श्रेष्ठले भने । अनलाईन बिजिनेश संगै अनलाइन पेमेन्ट बढेको छ साथै नकारात्मक कुराहरू पनि छन, व्यक्तीगत खातामा पेमेन्ट गर्दा १० रूपैयामा पनि ११ रूपैया भन्दा बढी शुल्क लाग्ने रहेकोमा न्यूनतम भुक्तानी तोक्ने र चेक क्लियरींगमा लगाउन थालिएको मुल्य अभिबृद्धी कर खारेज गरी डिजिटल भुक्तानीलाई अझ बढी लोकप्रिय बनाउन सकिने धारणा श्रेष्ठको थिया ।
रूपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिबेन्द्र उपाध्यायले डिजिटल साक्षरता र भुक्तानी कोरोना महामारी पछि एकदम ब्यापक भएको बताउदै युबा बिद्यार्थी हरूले बढी फाइदा लिएको जनाए । यस्को गलत प्रयोग पनि सुनिएको छ, त्यस्तालाई निरुत्साहित गर्नु पर्छ, भुक्तानी गर्ने स्थानमा इन्टरनेट सुबिधा हुदैन, त्यस्ता स्थानमा सेवाग्राहीले डाटा प्रयोग गरी भुक्तान गरेको पाईन्छ, त्यसैले सेवाग्राहीलाई सेवाप्रदायकले यो सेवा लिए संगै वार्षिक रूपमा न्यूनतम डाटाको सुबिधा पनि उपलब्ध गराउनु पर्छ, उपाध्यायले भने । डिजिटल भुक्तानीमा अतिरीक्त सेवा रोग भएकोले लिन नहुने उन्को तर्क छ । पेमेन्ट तत्काल हुने तर सेटलमेन्ट तत्काल नहुदा देखिने अर्को समस्या रहेको उपाध्यायको भनाई छ । महिला उद्यमी एवं काशी सिने प्लेक्सकी निर्देशक अञ्जु जैशीले महिलाहरूमा वित्तिय साक्षरता मात्र नभई डिजिटल भुक्तानी गर्ने क्रम समेत बिस्तारै बढदै गएको बताईन् । यस्लाई ब्यापक बनाउन अझ बढी बैंकिंग शिक्षा आवश्यक रहेको उन्को तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission