ट्रेंडिंग:

>> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा >> नेप्से ४ अंकले बढ्यो >> चिनिया ह्याकरले चोरे अमेरिकन डकुमेन्ट >> भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै >> सुन चाँदी दुबैको मुल्य घटयो >> गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन >> नेपाललाई विदेशीको परेड स्थल बनाउने प्रयास >> तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ? >> गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार >> रजत जयन्ती मनाउदै पन्चनगर साना किसान कृषि सहकारी >> स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> प्रदेश सरकारको पहल ‘रैथाने धान’ को व्यवसायिक खेती >> महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ? >> तराई/मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो >> प्याब्सन कपिलवस्तुमा सिंह >> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक >> भाषिक शुद्धताका लागी प्रशिक्षण

सहकारीको कोसेली घर संचालन योजना

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

सल्यान, १४ पुस ।
सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित कृषि क्षेत्रमा ३ करोड ३१ लाख ३१ हजार ५५१ रूपैयाँ लगानी गरेको हो ।
शनिबार कपुरकोटमा आयोजित १७ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष मधुसूदन गिरिले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा ५८ लाख ९२ हजार ७२५ रूपैया आम्दानी गरेको उल्लेख गरे । यसमध्ये ३५ लाख ७७ हजार २५९ रूपैया कपुरकोट कृषि सहकारी संस्थाको एक बर्षको अवधिमा खर्च भएको छ भने खुद नाफा २३ लाख १५ हजार ४६६ रूपैया रहेको छ ।
सहकारीको कुल पुजि ३ करोड ६८ लाख ७७ हजार ६०५ रूपैया रहेको अध्यक्ष गिरीले जनाए । गत आर्थिक बर्षमा सहकारीले १ करोड ४८ लाख ५० हजार ३३१ रूपैयाँ निक्षेप संकलन गरेको छ भने १ करोड २३ लाख २० हजार १६६ रूपैया वचत फिर्ता गरेको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुती सहित सहकारीले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराइएको थियो । कपुरकोट गाउँपालिकाभित्र एसइइमा उत्कृष्ट अंक ल्याएर पालिका भित्रकै सामुदायिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने एक जना छात्र र एकजना छात्रालाइ प्रती बर्ष १२ हजार रूपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै कपुरकोट कृषि सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कोशेली घर’ निर्माण गर्ने भएको छ । कपुरकोट क्षेत्र कृषि उत्पादनमा सम्पन्न क्षेत्रमध्ये एक हो । अचार, जुस, क्यान्डी बनाउनका लागि तालिम समेत संचालन गर्ने र यहाँका कृषकहरूले उत्पादन गरेको तरकारी, दुग्धजन्य सामग्री, मह, अचार, मसला र अन्य स्थानिय उत्पादन बिक्री वितरण र बजार प्रवद्र्धनका लागि कपुरकोट कोसेली घर संचालनको योजना सहकारीले अघि सारेको हो ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सहकारीले अघि सारेको योजना कोसेली घर संचालनका लागि परामर्श गर्ने बताए । यस्तै कपुरकोट कृषि सहकारी संस्था अब्बल तरिकाले संचालन भइरहेकोमा प्रसंशा गर्दै उनले सहकारीको माध्यमबाट आर्थिक प्रगति गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष प्रदिप खड्का, ४ का वडा अध्यक्ष मित्रलाल कठायत, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य घनश्याम शर्मा, उद्योग वाणिज्य संघ सल्यानका उद्योग उपाध्यक्ष पलवीर नेपाली, पत्रकार शंकर केसी, कालिका माबि कपुरकोटका प्रअ चुडामणी केसी, जीवनज्योती नमुना मावि रिमका प्रअ भुपाल साहु, बिरेन्द्र मावि गर्पाका प्रअ डिल बहादुर नेपाली, साना किसान कृषि सहकारी संस्था कपुरकोटका अध्यक्ष डम्बर यरी लगायतको सहभागिता रहेको थियो । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै सहकारीले सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहभागीहरूको छ ।
कपुरकोट कृषि सहकारी संस्थाका उपाध्यक्ष रूपक बुढाका अनुसार कार्यक्रमको सहजिकरण सचिव तुल्सीराम शर्माले गरेका थिए । सहकारीका कोषाध्यक्ष खिमलाल गिरि सहित विभिन्न समिती, उपसमितिका संयोजक, सहकारीका सदस्यहरू, सहकारीका प्रवन्धक लिला यरी तथा अन्य कर्मचारी, स्थानीय कृषक र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो । सो अवसरमा सहकारीमा आवद्ध विभिन्न महिला तथा बाल बचत समुहहरूले सांस्कृतिक प्रस्तुती राखेका थिए । २०६५ सालमा स्थापना भएको कपुरकोट कृषि सहकारी संस्थामा १२५६ सदस्य आवद्ध छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?