ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक

७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

बुटवल, ०७ मंसिर ।
पाँच सय वर्ष पुरानो इतिहास बोकेको बुटवलको मणिमुकुन्द सेन उद्यानमा बार्षिक सरदर पाँच लाख बढी पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् ।
उद्यानमा सौन्दर्यकारी पूर्वाधार थपिएसँगै केही वर्ष यता पर्यटक आगमन बढेपछि उद्यान व्यवस्थापन समिति उत्साहित भएको छ ।
मणिमुकुन्द सेन उद्यान, जीतगढी, नुवाकोट गढी, प्राचिन बटौली बजार, दुईटा केबल कारको सञ्चालन, ठूला होटल रेष्टुरेन्टहरूको स्थापना आदी पर्यटकीय पूर्वाधार बढ्दै गएका कारण पछिल्लो चरणमा लुम्बिनी निकटको शहर बुटवल पनि आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

उद्यानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनन्तराज सिलवालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४९ हजार पर्यटकलाई उद्यानमा न्यानो स्वागत गरिएको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ३ महिना अवधीमा करिब १ लाख पर्यटकलाई स्वागत गरिएको छ । यहाँ आउने पर्यटक मध्ये अधिकांश आन्तरिक छन् भने १० प्रतिशत बढी भारतिय रहेको तथ्याङ्क छ ।

विहिबार सम्पन्न उद्यानको १६ औं साधारण सभाले अझै थप नयाँ नयाँ पर्यटकीय पूर्वाधार थप्दै जाने, गुरुयोजना अनुरूपका संरचना बढाउँदै जाने र सेन बंशिय राजदरबारको प्रतिरूप राजदरबार बनाउने निर्णय गरेको छ ।
अब शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकलाई पनि यो उद्यानको अवलोकन भ्रमणमा आकर्षित गर्ने गरी कार्यक्रम बनाउने निर्णय पनि साधारण सभाले गरेको छ ।
गत आर्थिक वर्षमा पर्यटक आगमनबाट उद्यानलाई २ करोड ५० लाख रूपैयाँ आम्दानी भएको थियो । पर्यटक आगमन र भवन भाडाबाट उद्यानलाई गतवर्ष रु. ३ करोड ७५ लाख आम्दानी भएको तथ्याङ्क छ । उद्यानको बार्षिक आम्दानी खर्च सरदर रु. ५ करोड बराबर रहेको जानकारी समेत अधिकृत सिलवालले दिएका छन् । स्थानिय र प्रदेश सरकार एवं मनकारी सहयोग दाताहरूको सहयोग उद्यानलाई प्राप्त हुने गरेको छ ।

उक्त उद्यान वि.सं. १५७५ मा पाल्पाली राजा मणिमुकुन्द सेनले स्थापना गरेको मानिएको छ । ऐतिहासिक एवं पुरातात्वीक सम्पदास्थल जीतगढी क्षेत्रमा उक्त उद्यान सञ्चालित छ । राजा मणिमुकुन्द सेनले राजदरबारको आँगनमा स्थापना गरेको उद्यानको बृहत रूप हो, अहिलेको मणिमुकुन्द सेन उद्यान । उद्यानमा राजदरबारको भग्नावशेष संरक्षित छ । राजा मणिमुकुन्द सेन घोडामा सवार भएको शालिक, सहिद स्मारक, शिवालय, स्वामिनारायण भगवानको योगाभ्यास स्थल, सुन्दर बगैंचा, सन्चो विसन्चो घर, चिडियाखाना, वाल उद्यान, पानीको फोहोरा आदी आकर्षक पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् ।
उक्त उद्यान नेपाल अधिराज्य निर्माण अघिको विशाल पाल्पा राज्यको शितकालिन राजदरबार क्षेत्रमा स्थापित छ । अहिले पनि राजदरबारको भग्नावशेष संरक्षित छ । वि.सं. १८७१/७२ मा भएको नेपाल अङ्ग्रेज युद्धमा नेपालले जितेको जितगढी क्षेत्र पनि हो, उक्त उद्यान क्षेत्र । ऐतिहासिक र पुरातात्वीक क्षेत्रमा सञ्चालित उक्त उद्यान अहिले पर्यटक आगमन, आम्दानी र सौन्दर्यकारी पूर्वाधारको दृष्टिले नेपालको सर्वोत्कृष्ट उद्यान मानिन्छ ।
उक्त क्षेत्रको सेन बंशिय राजदरबार नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेज सेनाले प्रहार गरेको बम विष्फोटबाट भत्केको इतिहासकार निर्मल श्रेष्ठको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?