© २०२३
बुटवल, १२ पुस ।
लुम्बिनी प्रदेशकाे दाेस्राे आवधिक याेजना (२०८१/०८२-०८५/०८६) का सम्बन्धमा निजीस्तरसँग “नीति संवाद” कार्यक्रम लुम्बिनी प्रदेश याेजना आयाेगले शुक्रवार भैरहवामा सम्पन्न गरेकाे छ ।
कार्यक्रममा याेजना आयाेगका उपाध्यक्ष माननीय डा.डिल्लीराज अर्यालले सहभागी सबैलाई कार्यक्रमकाे आवश्यकता, ओैचित्यताबारे प्रष्ट्याउँदै स्वागत गरेका थिए । उनले प्रदेश सरकारले निजि, सामुदायिक र सहकारीमार्फत प्रदेशकाे विकासमा समृद्धिकाे नीति,याेजना र कार्यक्रम तयारी गरि कार्यान्वयनका लागि अग्रगामी बाटाे राेज्ने बताए । उनले निजिस्तरबाट सरकारले विशेष सहयाेगकाे अपेक्षा गर्दै प्रदेश सरकारले निजीस्तरका उद्याेगी,व्यापारीहरुलाई नीतिगत तथा याेजनावद्व कार्यक्रममा सक्दाे सहयाेग गर्नका लागि सहजीकरण गर्ने बताए । कार्यक्रममा प्रदेश याेजना आयाेगले तयार पारेकाे दाेस्राे आवधिक याेजनाकाे संक्षिप्त प्रिजेन्टेसन आयाेगका सदस्य डा.सुदन ओलीले गरेका थिए ।
कार्यक्रममा उद्याेगी,व्यापारीहरु राजेशकुमार अग्रवाल,रमेश शर्मा,जेपी कंडेल, बाबुराम बाेहाेरा,नेत्रप्रसाद पाठक,आनन्द शर्मा,कुलप्रसाद न्याैपाने,मञ्जु भुसाल,माया खनाल, गणेश बेल्बासे,मंगल भण्डारी,गाेविन्द ज्ञवाली,सञ्जीव शर्मा र महेन्द्रकुमार श्रेष्ठलगायतले नीति संवादमा उल्लेखित छलफलमा उठाईएका विषयवस्तु र प्राप्त रायसुझावलाई रद्दीकाे टाेकरीमा नराखियाेस् भन्दै आवश्यकता अनुसार प्रयाेग गर्नमा जाेड दिए । साथै सहभागीहरुले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउँदै उद्याेगी, व्यापारीमैत्री नीति तथा याेजना निर्माणमा लाग्न सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङ र भाैतिक पूर्वाधार विज्ञ ई. जीवन अर्यालकाे समेत विशेष उपस्थिति रहेकाे थियाे । कार्यक्रममा प्रदेशस्तरीय उद्याेगी,व्यापारी एवम् निजिस्तरका संघसंस्थाहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।