© २०२३
काठमाडौँ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसीयुमा सारिएको छ।
विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप जटिलता देखिएका कारण शनिबार उनलाई सुरेश वाग्ले क्यान्सर सेन्टर भवनको नयाँ आइसीयुमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो।
उपचारमा संलग्न चिकित्सक डा. निरज बमका अनुसार वैद्यको छातीमा सङ्क्रमण र दमको समस्या रहेको छ। वैद्य दीर्घकालीन दमका रोगी हुन् र हरेक वर्ष जाडो याममा उनलाई दमको समस्या बढ्ने गरेको चिकित्सकले जनाएका छन्।
उनको स्वास्थ्यस्थितिमा निगरानी राख्दै उपचार जारी रहेको छ।