© २०२३
बुटवल ।
बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसंग उपचार सम्झौता अभियान जारी रहेको छ । यसैक्रममा बुटवलमा रहेको माछापुछ्रे बैक संग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्रे बैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरी बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायिक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा माछापुच्छ्रे बैकका शाखा प्रमुख लाल वहादुर शाहले बुटवलमा यसक्षेत्रकै नमुना अस्पताल रहेकोले यस अस्पतालबाट बैकका सेवाग्राहीहरुलाई पनि सेवा दिन पाउँदा निकै खुशी लागेको बताए ।
बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतले बुटवल हस्पिटले उपचार प्रदान गर्ने सन्दर्भमा नयां नयां टेक्नोलोजीको उपकरण दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मी र प्रयाप्त भौतिक संरचनामा ध्यान दिदै आएको बताए ।
आजभन्दा २४ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा संचालनमा रहेको छ । जहां आईसियु, एनआईसियू, एचडियू सहितका उपचार कक्षहरु संचालनमा रहेका छन् । अस्पतालमा एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि संरचना निर्माण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्स सहित २ सय ५० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।