© २०२३
बुटवल ।
गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रिडीबाट गिट्टी लिएर पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी) राजन भुजेलले बताए ।
टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था समान्य छ ।
दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी