© २०२३
बुटवल, १३ पुस ।
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी सुरु भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रूपन्देहीको नयाँगाउँमा रहेको मुक्तिनाथ धाम नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी सुरु भएको हो ।
गोष्ठीको मुक्तिनाथ धामका लोकानन्द स्वामी ले कार्यक्रमको उद्घाटन गर्दै धर्म, संकृतिको संरक्षण गर्नको लागि धर्मगुरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । धर्मशास्त्रमा उल्लेख भएका विधि र पद्धतिबाट पुजाआजा तथा श्राद्ध गर्नुपर्नेमा जोड दिँदै धर्मगुरुहरूले जजमानलाई सहि निर्देशित गरिनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, चेम्बर अफ कर्मशका प्रदेश अध्यक्ष टंकप्रसा पोखरेल, विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका महासचिब चिरञ्जिवी पौडल, बाबुराम ज्ञवाली, चुरामणी पाण्डेय लगायतले कार्यक्रममा बोलेका थिए ।