ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सिद्धार्थ केवलकार र सरोकारवालाबिच छलफल

८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

पाल्पा, ८ पुस ।

तिनाउ गाउँपालिका वडा नं.२ नुवाकोटबासी, स्थानीय सरकार र सिद्धार्थ केवलकार सञ्चालकका बीच केवलकार सञ्चालन र सुविधासम्बन्धी छलफल कार्यक्रम नुवाकोटमा सोमबार सम्पन्न भएको छ ।

स्थानीय नुवाकोट भैरव युवा समाजले आयोजना गरेको उक्त छलफल कार्यक्रममा स्थानीहरुले केवलकारमा ५० प्रतिशत सुविधा पाउनुपर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क हुनुपर्ने, बुटवल पढ्न जाने विद्यार्थीलाई कन्सेक्सन हुनुपर्ने, नुवाकोटमा उत्पादन भएका कृषिजन्य उत्पादन निर्यात र बुटवलबाट गरिने सामानको आयातमा सेवासुविधा मिल्नु पर्नेमा जोड दिए । साथै उनीहरुले बालबच्चालाई र नुवाकोटमा व्यवसाय गर्नेहरुलाई उचित सहुलियत मिल्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङले नुवाकोटको केवलकार सञ्चालन, सेवासुविधा र व्यवस्थापनका लागि नुवाकोटबासी, स्थानीय तिनाउ सरकार र केवलकार सञ्चालकबीच त्रिकोणात्मक सम्बन्ध, सहकार्य र सहयात्रा हुनुपर्नेमा जोड दिदै स्थानीयका उचित मागहरुलाई सम्बोधन गर्न केवलकार सञ्चालकसँग स्थानीय तिनाउ सरकारले पहल गर्नुपर्ने बताए ।

केवलकार सञ्चालक पनि स्थानीय तिनाउ सरकारसँग समन्वय गरी अघि बढेमा उत्तम हुने प्रमुख अतिथि गुरुङले सुझाए । स्थानीय सरकार, नुवाकोटबासी र केवलकार सञ्चालकका बीच अधिकार सम्पन्न सम्वाद समिति गठन गरी समयसमयमा आवश्यक बैठक, छलफल गरि अघि बढेमा सबैलाई हित हुने उनले जानकारी गराउँदै स्थानीयहरुको सहयोगबिना नुवाकोटमा धार्मिक एवम् पर्यापर्यटन असम्भव रहेको समेत सुनाए ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन,कृषि र यातायात व्यवस्थापनबाटै आफ्नो समृद्धि सम्भव ठानिरहेको बेलामा स्थानीयहरुले समेत केवलकार सञ्चालन,पर्यटकको सुरक्षामा विशेष ध्यान र सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले केवलकार सञ्चालकले स्थानीय तिनाउ सरकारसँग हातेमालो गरि अघि बढ्नुपर्नेमा जोड दिदै तिनाउ गाउँ कार्यपालिकाले नुवाकोटमा निर्मित डबली सञ्चालन कार्यविधि बनाई प्रदेश सरकारसँग सञ्चालन स्वामित्व लिन तयार रहेको उल्लेख गरे ।

नुवाकोट विकास समितिका अध्यक्ष माधवप्रसाद नेपालले नुवाकोटबासीका मुहार उज्यालो बनाउने सपना छिट्टै पूरा हुने बताउँदै तोपहानक्षेत्र, नुुवाकोटगढी, काठेगढीको संरक्षण गर्दै तिरुपति बाबाजीको मन्दिर निर्माण कार्यलाई अघि बढाउन आफूहरु निरन्तर क्रियाशील रहेको बताए ।

साथै कार्यक्रममा केवलकारका प्रतिनिधिका रुपमा आएका केवलकारका प्रमुख कार्यकारी अधिकृत नरबहादुर कार्कीले स्थानीयका मागलाई बोर्डमा लैजाने र स्थानीय सरकारहरुसँग आवश्यक सहकार्य गरी सम्बोधन गर्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा स्थानीयहरु विष्णु कुमाल, तारा बस्याल, हरिकला कुमाल, लक्ष्मण कुमाल, गोपाल गुरुङ र अणप्रसाद बस्याललगायतले सम्बन्धित विषयमा आआफना विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?