ट्रेंडिंग:

>> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा >> नेप्से ४ अंकले बढ्यो >> चिनिया ह्याकरले चोरे अमेरिकन डकुमेन्ट >> भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै >> सुन चाँदी दुबैको मुल्य घटयो >> गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन >> नेपाललाई विदेशीको परेड स्थल बनाउने प्रयास >> तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ? >> गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार >> रजत जयन्ती मनाउदै पन्चनगर साना किसान कृषि सहकारी >> स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> प्रदेश सरकारको पहल ‘रैथाने धान’ को व्यवसायिक खेती >> महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ? >> तराई/मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो >> प्याब्सन कपिलवस्तुमा सिंह >> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक >> भाषिक शुद्धताका लागी प्रशिक्षण >> थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानीय >> क्यान महासंघको पहिलो महिला अध्यक्ष बनिन् सुनैना

तिनाउ नदी संरक्षणका लागि साझा प्रतिवद्वता

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

बुटवल, १४ पुस ।
तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता कार्यक्रम पाल्पा, तिनाउ, दोभानको डोलमा शनिवार सम्पन्न भयो । तिनाउ नदीमा विष, विषादी, विद्युत धाराप्रवाह र विफोष्टक पदार्थको अवाञ्छित प्रयोग हुन नदिनका लागि उपस्थित सबैले प्रतिवद्वता जनाउँदै हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ नदीमा हुने र हुन सक्ने अवाञ्छित क्रियाकलापलाई रोक्न पालिका प्रतिवद्व रहेको बताउँदै तिनाउ नदी हामी सबैको साझा प्राकृतिक सम्पदा रहेकोले सबैले जोगाउनु पर्ने बताए । गैरजिम्मेवारी काम गर्नेहरूलाई कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिए ।
उक्त कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीमा अवाञ्छित कामका रूपमा बम पड्काउने, विजुलीको तार प्रयोग गर्ने र विषादीको प्रयोग गरि माछा मार्ने कामलाई कुनै हालतमा वैधानिक मान्न नसकिने बताउँदै कानूनलाई हातमा लिनेहरूलाई प्रहरी प्रशासनसँग मिलेर कार्वाही गर्न पालिका पछाडि नहट्ने बताए ।
सो कार्यक्रममा दोभान प्रहरी चौकीका ईन्चार्ज जनकबहादुर बुढामगरले प्रहरीलेमात्र समुदायमा घट्ने वा घट्न सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सम्भव नभएको बताउँदै स्थानीय सबै संस्था र व्यक्तिहरूसँग मिलेर नै तिनाउ नदीमा हुने गैरकानुनी कामलाई रोक्न दोभान प्रहरी चौकी क्रियाशील र सामथ्र्यवान रहेको बताए ।
उनले कानूनको नजरमा दोषीलाई प्रहरीले कुनै हालतमा नछाड्ने र कानूनको कठघरामा उभ्याउने प्रतिवद्वता जनाए । कार्यक्रममा सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ नदीलाई स्वच्छ र सुन्दर बनाउन सबै तिनाउबासी जागरुक हुनुपर्ने बताए । उनले तिनाउ नदीलाई संरक्षण र सम्बद्र्वन गर्दै पछिल्लो नयाँ पुस्तालाई उत्तम रूपमा हस्तान्तरण गर्नु आजको दायित्व रहेको ओैल्याए । त्यसैले तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता जरुरी रहेको बताउँदै तिनाउलाई दीर्घकालसम्म जीवित राख्न सक्दो पहल गर्नुपर्ने उल्लेख गरे । समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले कार्यक्रमको ओैचित्यततामा प्रकाश पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?