ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

विश्व महिला स्वास्थ्य दिवस

१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

विश्व महिला स्वास्थ्य दिवस ‘महिलाहरूमाथिको स्वास्थ्यमाथिको दुव्र्यवहार अन्त्य गरौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । सोमबार मनाइएको यो दिवस औपचारिकतामै सीमित भएको छ । महिला स्वास्थ्य दिवस मनाउँदै गर्दा महिलाहरूको स्वास्थ्य अधिकारको ग्यारेण्टी गर्नुपर्ने नारा अहिलेदेखि मात्र होइन धेरै बर्ष अघिदेखि नै उछालिदै आएको छ तर महिलाहरू अपेक्षित स्वास्थ्य अधिकारको पहुँचबाट नै बञ्चित भैरहेका छन । त्यसै त महिलाहरूमा पुरुषको तुलनामा धेरै रोगको जोखिम हुने गर्दछ । त्यसैले महिला स्वास्थ्य दिवस मनाउनुको सान्दर्भिकता देखिन्छ । प्रजनन अधिकार महिलाहरूको प्रकृतिले दिएको अधिकार हो तर यही अधिकार महिलाहरूका लागि स्वास्थ्य समस्या पनि हुने गरेको छ । यो दिवसको अवसरमा स्वास्थ्यकर्मीहरूले यो दिवस मनाउनु पर्ने हो तर स्वास्थ्यकर्मीहरूले समेत यो दिवस आएको गएको पत्तै नपाएको भान भएको छ । महिलाहरू विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन । उनीहरूको स्वास्थ्यलाई लिएर बेला बेलामा चिन्ता व्यक्त गर्ने गरिएको छ तर अझैपनि महिला स्वास्थ्यको बिषय बहसको बिषय बन्न सकेको छैन । महिलाहरू पाठेघर, आङ खस्ने, क्यान्सर, प्रजनन समस्या, पेट दुख्ने, टाउको दुख्ने लगायतका विविध समस्याबाट प्रताडित छन । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले ७ लाख बढी महिला पाठेघर झर्ने समस्याबाट ग्रस्त छन । पाठेघर झर्ने समस्या लिएर पुग्ने मध्ये अधिकांश महिला ३५ बर्ष भन्दा बढी उमेरका छन । अधिकांश महिला सानैमा विवाह भएका, प्रजनन अंग सक्षम नहु‘ंदै आमा बनेका, धेरै सन्तान जन्माएका, सुत्केरी भएको बेलामा जटील काममा लाग्न बाध्य भएकाहरूमा स्वास्थ्य समस्या बढी देखिएको छ । यसको असर ढाड दुख्ने, तल्लो पेट दुख्ने, बसेर काम गर्न नमिल्ने ह‘ुंदैजॉंदा पाठेघर झरेको थाहा भएको भेटिएको थियो । पछिल्लोसमय यो भयावह रोगका रूपमा देखापरिरहेको छ । त्यसैगरी स्तन क्यान्सरका कारण पनि महिलाहरू समस्यामा छन । स्वास्थ्यमा पहुँच नभएका महिलाहरूका लागि यी रोग जोखिम बन्दै गएका छन ।

नेपालका ६० प्रतिशत महिलाहरू रोग लाग्ने बित्तिकै स्वास्थ्य जाँच गर्न नगएको देखिएको छ । तसर्थ दिवसकै अवसरमा महिलाहरूको स्वास्थ्य अधिकारको बिषयमा अव कुरा उठाउनु पर्ने भएको छ । स्वास्थ्य अधिकारकै कुरासंग अरू धेरै सवालपनि जोडिएर आएका छन् । नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको भएपनि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाहरूको समान सहभागिता हुन सकेको छैन । महिला मैत्री नीति र व्यवहारमा कमी छ । चिन्ताको कुरा के छ भने महिलाहरूमा अझैपनि स्वास्थ्यसंगै सूचना प्रविधिमा पहुँचको विस्तार भएको छैन । जसका कारण ग्रामिण क्षेत्रका महिलाहरू अज्ञानताको परम्पराबाट माथि उठ्न सकेका छैनन् । अझैपनि कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एशियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् । यो बर्षको दिवसले महिलामाथिको दुव्र्यवहार अन्त्य गर्ने प्रतिवद्धता गरेको छ । खासगरि स्वास्थ्यका कारणले महिलामाथि धेरै प्रकारका हिंसा भएका छन । तसर्थ दिवसकै अवसरमा नेपालले महिला हिंसाविरुद्धका कुरा उठाउँदा स्वास्थ्य अधिकारको समेत ग्यारेन्टी गर्नेगरि विश्व मञ्चमा आफ्नो उपस्थिति देखाउनु पर्दछ । दिवसलाई औपचारिकतामै सीमित नगरि उपादेयताको खोजी गर्नेतर्फ पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?