ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

ढिलासुस्तीविरुद्ध अब जनताको खबरदारी

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

बुटवल–नारायणगढ सडक निर्माणमा चरम लापरवाही र ढिलाई भैरहेको बेला दाउन्ने पूर्वको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यसबाट अब निर्माण व्यवसायीले प्रतिवद्धता गरे अनुसार काम गरेमा थपिएको म्यादको केही महिना पर भएपनि सडक निर्माणको काम सम्पन्न हुने विश्वास सिर्जना भएको छ । पूर्वी खण्डको गैंडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सकिएको छ । अव सो खण्डको करिव १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । आयोजनाका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्य अनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नु परेकाले यो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने योजना रहेको छ । यो सडक खण्डले ढिलै भएपनि केही आशा जगाएको छ । निर्माण व्यवसायीले चाहेमा कुनैपनि आयोजना निर्धारित मितिमै सम्पन्न हुन्छ भन्ने यो एउटा सन्देश पनि हो । वि.सं. २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाएपनि निर्माणमा ढिलासुस्ती हुँदा कूल ११३ किलोमिटर सडक अहिलेसम्म आधापनि कालोपत्रे हुन नसक्नु दुःखको कुरा हो । यो सडकमा भैरहेको निर्माण ढिलाईले नेपालको विकास आयोजनाको काम कसरी कछुवा गतिमा छन भन्ने कुरा चरितार्थ हुन्छ । बुटवल नारायणगढ सढक खण्डको निर्माणमा भएको लापरवाहीले त्यस क्षेत्रका जनता विगत ५ बर्षदेखि चरम पीडामा बाँच्न विवस छन् । स्थानीय जनताले थुप्रैपटक सडक बन्द गरे ।

आन्दोलनको आँधीबेहरी सिर्जना गरे तर सडक निर्माणको काम कछुवा गतिमा भैरहेको थियो । अहिले थोरै आशा जागेको छ । निर्माण सम्बद्ध कम्पनीले कामको गति बढाएको छ । अव यो सडक दुईपटक थपिएको समयभित्र त बन्न सक्दैन तर धेरै काम सम्पन्न भएपनि खुसी मान्नुपर्ने छ । ठूला आयोजनामा नेतादेखि मन्त्रालयका सचिव र आयोजना प्रमुखको समेत मिलेमतो हुने गरेको आरोप लाग्दै आएको छ । आयोजनाको समय लम्ब्याउँदा लागत बढ्ने र लागत बढ्दा सवैतिर कमिसन बढ्ने चक्करमा निर्माणको काम समयमै सम्पन्न नहुने व्यापक गुनासो छ । यो सडकमात्रै होइन, यस्ता धेरै सडक उदाहरण छन् जसको लागत बढाउने नाममा निर्माणमा ढिलाई हुने गरेको छ । बुटवलको बेलबासदेखि रूपन्देहीकै मायादेवी गाउँपालिकाको बेथरीसम्मको कूल २१ किलोमिटर सडक चार लेनमा विस्तारका लागि २०७३ साल असारमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का भएको हो । जस अनुसार दक्षिणतर्फका दुईवटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको बेलबासदेखि बेतहानी खण्डको आठ किलोमिटर सडक निर्माणको काममा भने निर्माण व्यवसायीले लापरवाही गर्दा निर्माणको काम अझै हुन सकेको छैन् । २१ किलोमिटर सडक निर्माण सम्पन्न गर्न आठ बर्ष लगाउँदा पनि पूरा नहुनुका पछि जिम्मेवार को छ ? यो सडकमा पनि लागत बढाएर कमिसन पाउने लोभ हो कि भन्ने प्रश्न उत्पन्न भएको छ । सडक निर्माणको काम छिटो गर्न स्थानीयले संघर्ष समिति समेत गठन गरे तर अवस्था जहाँको तहीँ छ । अव बेलबास बेथरी सडक क्षेत्रका प्रभावित स्थानीय जनताले जस्तै गरि अन्य सडक क्षेत्रका जनताले समेत दवाव बढाउनु जरुरी छ । बुटवल नारायणगढ सडक खण्डका स्थानीयले सडक समयमै सम्पन्न गर्न दवाव दिने उद्देश्यले दवाव नदिएको भए उक्त क्षेत्रको सडक निर्माणको काम अहिले यो अवस्थामा पुग्ने थिएन । तसर्थ अव सडक निर्माणमा स्थानीय जनताको अनुगमन र खबरदारी जरुरी छ । बुटवल नारायणगढ सडक खण्डको जस्तै निर्माणधीन रहेका तर समयमै सम्पन्न नभएका सडक निर्माणमा पनि स्थानीयको अनुगमन, खबरदारी, दबाब अत्यावश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?