ट्रेंडिंग:

>> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न

शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस आज मनाईदैछ । संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउने निर्णय गरेपछि हरेक बर्ष नेपालमा पनि विविध कार्यक्रम गरि यो दिवस मनाउने गरिएको हो । निश्चितरूपमा खेलकुदले शान्तिको सन्देश दिन्छ । खेलकुदकै माध्यमबाट विश्वभर शान्ति र बिकासको क्षेत्रमा धेरै काम भएका छन् । खेलले जीवन र जगतलाई जोडेको छ । खेलकुदकै मार्फत विश्वका ठूला राष्ट्रवीचको विद्वेष र मनोमालिन्य मित्रतामा परिणत भएको थुप्रै उदाहरण छन् । त्यही भएरपनि संयुक्त राष्ट्रसंघले खेलकुद दिवस मनाउने औपचारिकता सुरु गरेको हो । समाज परिवर्तनमा खेल क्षेत्रले ठूलो महत्व राख्छ । खेलकै माध्यमबाट अन्तर्राष्ट्रिय विकास र शान्ति प्रवद्र्धनमा टेवा पुग्दै आएको छ । नेपालमा हुने अन्तर्राष्ट्रिय खेलकुदले खेल क्षेत्रको प्रवद्र्धनमात्रै गर्दैन, नेपालको नाम विश्वमाझ फैलाउन, नेपालको इज्जत र शान बढाउन समेत मद्दत पु¥याउँदै आएको छ । तसर्थ खेलको विकास भनेको देशको विकास हो, अन्तर्राष्ट्रिय विकास हो । खेलले शान्ति कायम गराउन समेत उत्तिकै महत्वपूर्ण योगदान पु¥याएको छ । उदाहरणकै लागि भारत र पाकिस्तानबीच पानी बाराबारको स्थिति हुँदा र दुई देशबीच अत्यन्त तनावपूर्ण अवस्था हुँदा खेलले जोड्ने गरेको छ । खेलकै माध्यमबाट दुई देशबीच मित्रवत सम्बन्ध विस्तार हुँदै आएको छ । तसर्थ खेलले केवल खेलाडी खेलाडीबीच सम्वन्ध बढाउँदैन, त्यसका माध्यमबाट मित्रता प्रवद्र्धन गर्दछ । स्वास्थ्यका लागि पनि खेलकुद क्षेत्रको ठूलो भूमिका छ । स्वस्थ्य हुन खेल अर्थात ब्यायाम जरुरी छ । खेलबाट समाजको जीवनलाई पनि जोड्न मद्दत पुग्छ । खेलको विशेषता हो ‘नियम र अनुशासन’ । यो खेलकुदको क्षेत्रमा मात्रै लागू हुँदैन । जीवनलाई एउटा स्पष्ट दिशामा अघि बढाउन पनि खेलकुद सार्थक गन्तब्य बन्न सक्छ । विडम्वना भनौं नेपालमा अझैपनि खेलकुद भन्ने वित्तिकै वेवास्ता गरिने गरिएको धेरै उदाहरण छन् । नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन अझैपनि सकिरहेको छैन । तिनवटै तहका सरकारले खेल क्षेत्रको विकासमा खासै ध्यान दिएका छैनन् ।

अर्को बिडम्वना के छ भने नेपालमा भएका खेल पूर्वाधारसमेत उचित संरक्षणको अभावमा दयनीय अवस्थामा पुगेका छन् । अहिले खेलाडी उत्पादन, खेल मैदानको पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र खेल प्रतियोगिता आयोजनामा धेरै कमी भएको छ । नयाँ खेलाडी उत्पादन र प्रोत्साहनको खाँचो छ । खेल प्रतियोगिता सञ्चालनमा राज्यको भन्दा नीजि क्षेत्र धेरै अगाडि देखिएको छ । क्लवहरूले खेलकुदको गौरब धानिरहेका छन । नेपालमा पर्याप्त अवसर नहुँदा खेलाडीहरू विदेश पलायन हुन बाध्य भैरहेका छन । सरकारले खेलाडीलाई नेपालमै रोजगारीको अवसर दिन नसक्नु बिडम्वना कै बिषय हो । पछिल्लोसमय नेपालमा खेलकुद क्षेत्रमा केही आशातीत काम भएका छन् । नेपालको क्रिकेट र फुटवलले अन्तर्राष्ट्रिय स्तरमै नेपालको साख जोगाउने प्रयास गरेको छ । क्रिकेट र फुटवलमा पनि युवा खेलाडीले उत्साह भरेका छन् । महिला खेलाडीहरूको संख्या पनि बढिरहेको छ । जिल्ला जिल्लामा खेलकुदका गतिविधि बढ्दै गएका छन् । प्रतियोगिताको संख्यामा पनि बृद्धि भएको छ । अव अझै यसमा राज्यको सहयोग र प्रोत्साहनको खाँचो छ । अहिले खेल क्षेत्रमा चहलपहल त छ तर खेलाडीलाई उचत प्रोत्साहन नभएकै कारण खेलाडीहरू बिदेश पलायन हुन बाध्य भैरहेका छन् । सरकारले सवैभन्दा पहिले खेलाडी विदेश पलायन रोक्ने काम गर्नुपर्दछ । खेलाडीलाई प्रोत्साहन गर्नेतर्फ जोड दिनु जरुरी छ । शान्तिका लागि खेलकुद दिवस मनाउँदै गर्दा खेल क्षेत्रले नयाँ संभावना बोकेको छ । त्यसलाई मर्न दिने काम कहीँ कतैबाट हुनुहुँदैन । यो बिषयमा राज्यको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?