ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

तिलोत्तमा, ३० चैत ।

तिलोत्तमा व्यापार संघ रुपन्देहीले नयाँ वर्ष २०८२ का अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले क्रमशः व्यावसायिक वातावरण बन्न थालेको भन्दै आगामी बजेट उद्योगी व्यवसायीलाई संबोधन गर्नेगरी ल्याउनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सरकारले राम्रो काम गर्दागर्दै पनि कतिपय क्षेत्रबाट भ्रम छर्ने कोशिष भैरहेको भन्दै यसतर्फ व्यवसायीहरु सचेत र चनाखो बन्नुपर्ने बताए ।

विद्युत प्राधिकरणमा कुलमान घिसिङ हटेसँगै उद्योगहरुमा हुँदै आएको लोडसेडिङ हटेको, भारतसँग सरकारले ६०० मेगावाट विद्युत खरिदको सम्झौता गरेको भन्दै तथ्यका आधारमा विश्लेषण गर्न पनि उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरेपनि अधिकांश मागहरु सरकारले पूरा गर्नै नसक्ने खालका भएको बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा व्यापार संघका संस्थापक अध्यक्ष एवं चेम्बर अफ कमर्श लुम्बिनीका उपाध्यक्ष जेपी कंडेलले सरकारको आर्थिक नीति र नेपाल राष्ट्रबैंकले ल्याएको मौद्रिक नीति मेल नखाने खालको हुँदा त्यसको असर उद्योगी व्यवसायीमा पर्ने गरेको बताए ।

संघका आर्थिक सल्लाहकार नुमेन्द्र पौडेलले उद्योगहरुमा लोडसेडिङ हटेकाले उत्पादन बढेको र जसका कारण यसअघि वृद्धि भएको सिमेन्टको मूल्य पनि अहिले घटेको बताए ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले व्यावसायिक वातावरण बन्दै गएकाले निराश नभई आशावादी भएर अगाडि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा संघका महासचिव चेतनारायण विश्वकर्मा (विष्णु कालीराज) ले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?