© २०२३
बुटवल, ३१ चैत ।
ठुलाखर्क सेवा समाज, रूपन्देहीले आर्थिक सहयोगदाताहरुलाई एक कार्यक्रमबा बिच सम्मान गरेको छ । नव बर्ष २०८२ को अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रमसँगै सहयोगदाताहरुलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा समाजले २०८२ सालको भित्ते पात्रो समेत विमोचन गरेको छ । कार्यक्रमको उदघाटन गर्दै समाजका संरक्षक एवं आजीवन सदस्य वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले ठूलाखर्क सेवा समाजले गर्ने कार्यक्रमहरु अझै प्रभावकारी बन्न सकुन् भन्ने शुभकामना दिए ।
उनले समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको भन्दै आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष टामलाल ज्ञवालीले विगतका वर्ष झैं समाजले आफ्ना गतिविधिलाई समेत समेटेर भित्तेपात्रो प्रकाशनमा ल्याएको बताए । उनले ठूलाखर्क सेवा समाजमा आवद्ध सबै सदस्यहरुको सक्रियताले समाज अहिलेको अवस्थामा आइपुगेको भन्दै यसलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा समाजका सचिव किशोर ज्ञवाली, आजीवन सदस्य गीता ज्ञवाली, समाजका सल्लाहकारद्वय हेमनाथ ज्ञवाली, हरि ज्ञवालीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आजीवन सदस्यहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा आदर्श आधारभूत विद्यालय ठूलाखर्कको हीरक महोत्सवको अवसरमा बुटवल भेला तथा अन्तक्र्रिया समेत गरिएको थियो ।
कार्यक्रममा आदर्श आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवाली, विद्यालयका प्रधानाध्यापक डोलबहादुर घर्तीले हीरक महोत्सवसम्म आइपुग्दा विद्यालयको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी