ट्रेंडिंग:

>> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार
दाङ, ३० चैत ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले लिएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान शनिबार  भएको फाइनलमा दाङलाई उसकै घरेलु मैदानमा हराउँदै बर्दियाले उपाधि उचालेको हो । प्रतियोगिताको च्याम्पियन बनेको बर्दियालाई फाईनलमा १–० गोलको नतिजा निकाल्दै उपाधि माथि कब्जा जमायो ।
निकै प्रतिष्पर्धात्मक खेल मा दुवै टीमले गोल गर्ने अवसर बनाए पनि नतिजा निकाल्न संघर्ष गर्नु पर्यो । पहिलो हाफ गोलरहित अवस्थामा सकिए पनि दोस्रो हाफमा बर्दियाले गोल गर्यो  । खेलको ६०औँ मिनेटमा बर्दियाले पाएको कर्नर नतिजा निकाल्ने आधार बन्यो । बर्दियाका संगम सारुले कर्नरबाट प्रहार गरेको बललाई दाङका गोलकिपर प्रतिक सुनारले पन्च गर्दै डिएरिया बाहिर पठाए पनि रिबाउन्ड भएको बल सुनिल आलेले गोलमा परिणत गरे । उनले करिव २५ यार्ड परबाट पाएको मौका खेर जान दिएनन् । उनले बायाँ बार च्याप्दै गरेको राईट फुटेड प्रहार सिधै जाली चुम्यो । सुनिलले गोलको खडेरी तोड्दै गरेको १ गोल नै निर्णायक बन्यो । उनी प्लेयर अफ द म्याच पनि बने ।
यसअघि फाईनलमा पुग्न दाङले प्युठान र बाँकेलाई हराएको थियो भने बर्दियाले रोल्पा र पाल्पालाई हराएको थियो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकाल, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी, जिल्लास्थित खेलकुद संघ संगठनका पदाधिकारीहरुसहित उल्लेख्य दर्शकको उपस्थितीमा भएको फाईनल खेल निकै रोमाञ्चक रुपमा सम्पन्न भएको छ ।
प्रतियोगिताको च्याम्पियन बनेको बर्दियाले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको दाङले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यसैबीच, प्रतियोगिताको उत्कृष्ट खेलाडी दाङका हरि बुढा घोषित भए । सर्वाधिक गोलकर्ता दाङका विशाल वली हुँदा बाँकी विधामा बर्दियाका खेलाडीको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर बर्दियाका विशाल थारु, उत्कृष्ट डिफेन्डर बर्दियाका मनिष खड्का, उत्कृष्ट मिडफिल्डर बर्दियाका संगम सारु र उत्कृष्ट प्रशिक्षक पनि बर्दियाका रामजीत थारु घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी दाङका हरि बुढाले नगद १० हजार रुपैयाँ पाउँदा विधागत रुपमा उत्कृष्ट सबैलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।
लुम्बिनीका ७ जिल्लाको सहभागीता रहेको प्रतियोगिताका खेलहरु दुई समूह विभाजन गरेर बेलझुण्डी रंगशाला र लुम्बिनी फुटबल एकेडेमीको खेल मैदानमा खेलाईएको थियो ।
समूह ‘ए’ मा दाङ, प्युठान, बाँके र कपिलवस्तु रहेका थिए भने समूह ‘बी’ मा बर्दिया, रोल्पा र पाल्पा जिल्ला रहेका थिए । प्रदेशमा फुटबलको विकास र जिल्लामा रहेका खेलाडीको क्षमता पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले बताए ।
भौतिक पूर्वाधार तथा विकास मन्त्री ढकालले समाज निर्माणको आधार खेलकुद बन्न सक्ने बताए । उनले प्रदेश सरकारले खेलकुदको विकासका लागि नीतिगत रुपमा काम गर्ने प्रयास गरिरहेको भन्दै यसको संस्थागत विकासका लागि आगामी दिनमा बजेट बढाउँदै खेल पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाए । उनले स्वस्थ नागरिकसँगै दक्ष खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि निकै आवश्यक रहेको भन्दै खेलकुद परिषदले थालेको कामलाई प्रदेश सरकारको पूर्ण साथ सहयोग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission