ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

डेंगु नियन्त्रणमा बेलैमा ध्यान जाओस्

२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

हरेक बर्ष गर्मीयामसंगै डेंगुको नियती सुरु हुन्छ । लामखुट्टेको टोकाईबाट हुने डेंगु तराईका जिल्लामा मात्रै होइन पछिल्लोसमय पहाडी र हिमाली जिल्लामा पनि जोखिमकै रूपमा देखिएको छ । तराईमा यो प्रकोपकै रूपमा देखापर्ने गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत महिना सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । त्यसो त नेपालमा हरेक बर्ष यसरी नै डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथा नीजि अस्पतालमा डेंगुका विरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । यो विषयमा संघीय सरकार, प्रदेश र स्थानीय पालिकाहरूको गंभीर ध्यान जानु जरुरी छ । त्यसो त रूपन्देही, चितवन, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण र सचेतनाका कार्यक्रम सञ्चालन गर्न अनुरोध समेत गरिसकेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको आधाआधीसम्म १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टी भएको छ । यो तथ्याँक भनेको डेंगुको प्रकोप बढ्न थालेको संकेतमात्रै होइन, चुनौती पनि हो भन्ने कुरा विर्सनु हुँदैन । डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न, सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरू कम्तीमा हप्तामा एक पटक सरसफाई गर्न, घरको वरपर पानी जम्न नदिने, पूरै बाहुला भएको अथवा लामो बाहुला भएका कपडा लगाउन र डेँगुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

हरेक बर्ष तराईका जिल्लामा पालिकाहरूले डेंगु नियन्त्रण गर्न र डेंगुको संक्रमण फैलिन नदिन लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएका छन । यो बर्ष पनि अव पालिकाहरूले समयमै यो अभियान सुरु गर्नु जरुरी छ । खोज र नष्ट गर अभियानसंगै स्थानीय समुदायमा डेंगुले गर्ने स्वास्थ्य जोखिमका बिषयमा पनि सचेतनाका कार्यक्रम लैजानु जरुरी छ । डेंगु नियन्त्रण वास्तवमा राष्ट्रिय चुनौति बन्दै आएको छ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । यसमा हरेक घर परिवारको भूमिका अझै गहन र धेरै हुन्छ । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो । डेंगुको संक्रमणबाट बच्नका लागि होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ । तर उसले गरेको आग्रहलाई पनि वेवास्ता गर्ने काम भएको छ । अवको दिनमा यसको संक्रमण जहाँ हुन्छ, त्यहाँ नियन्त्रणको पूर्व तयारी गर्नु जरुरी छ । लामखुट्टेको बासस्थान रहेको गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा जम्मा हुने फोहोरो पानी समयमै फाल्ने व्यवस्था गर्नु जरुरी छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम उपाय हो । त्यसैले डेंगुले मानिसको ज्यान समेत लिन सक्ने भएकाले यो विषयमा सवै नागरिकको ध्यान जानुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?