ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

अन्तर्राष्ट्रिय उडान बन्द हुँदाको चिन्ता

२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहेको अन्तर्राष्ट्रिय उडान रोकिएकोमा पर्यटन व्यवसायी चिन्तित वनेका छन् । भैरहवामा यात्रुको चाप बढ्दै गर्दा बायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान रोकेकोप्रति लुम्बिनी क्षेत्रमा सन्नाटा छाउनु स्वाभाविक छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडानको माग गर्दै सिद्धार्थ सञ्जाल रूपन्देहीले सरकार र बायुसेवा कम्पनीहरूको ध्यानाकर्षण गरेको छ । बायुसेवा कम्पनीहरूले यात्रु पाइरहेको अवस्थामा पनि उडान रोकिनु अत्यन्त दुःखद छ । अन्तर्राष्ट्रिय उडान सुरु नभए आन्दोलन गर्न बाध्य हुने सञ्जालले चेतावनी दिएको छ । जहाजले यात्रु पाउँदा पनि उडान रोकिनु अत्यन्त दुःखद कुरा हो । अर्कोतर्फ सरकारले समेत कुनै पहल नगरेकोमा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी आक्रोसित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुँदै गर्दा भैरहवाको अन्तर्राष्ट्रिय उडान रोकिनु चिन्ताजनक कुरा हो । पोखरामा चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले हप्तामा एउटा चार्टर्ड उडान गरिरहेको छ । हिमालय एअरलाइन्सले नियमित उडान थालेको छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुँदै गर्दा भैरहवाबाट उडान बन्द हुनु साँच्चै बिडम्वनाको कुरा हो ।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट गत मार्च महिनामा मात्रै सात हजार ३४ यात्रुले अन्तर्राष्ट्रिय उडान र अवतरण गरेका थिए । मार्चमा कुल १३७ वटा अन्तर्राष्ट्रिय उडान र अवतरण भएको थियो । पछिल्लोसमय अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको संख्या बढिरहेको थियो । अघिल्ला महिनाहरूको तुलनामा मार्च महिनामा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुको संख्या सबैभन्दा बढिरहेको थियो तर यात्रु बढ्दै गर्दा अन्तर्राष्ट्रिय बायु सेवा कम्पनीहरूले सेवा रोकेका छन् । यसमा ठूलो चलखेल रहेको कुरा कतैबाट लुकेको छैन् । विदेशी एयरलाइन्स कम्पनीहरूले उडानलाई निरन्तरता नदिँदा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरू निराश भएका छन् । त्यसो त नेपालले बेलाबेलामा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि नीति तथा कार्यक्रम पनि बनाउँदै आएको छ । कार्यक्रम कार्यान्वयन भएको पनि छन् । तर, पर्याप्त भने छैनन् । विभिन्न योजनाहरूले केही न केही प्रतिफल दिएका पनि छन् । कोभिडपछि पर्यटन व्यवसायमा चहलपहल आउँदै गर्दा भैरहवा क्षेत्रमा अन्तर्राष्ट्रिय उडान रोकिनु यो क्षेत्रका लागि ठूलो चुनौति हो । नेपाल पर्यटन बोर्डले समेत पर्यटक आगमन संख्यामा वृद्धि गरी नेपाल बसाइको अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन गर्दै आएको अवस्थामा भैरहवा क्षेत्रमा एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुनु चिन्ताको कुरा हो । अर्बौं लगानी गरेर बनेको यो विमानस्थललाई डुबाउने काम भएको छ । यो बिषयमा यस क्षेत्रका पर्यटन व्यवसायीले एकपटक गंभीर भएर सोच्नु जरुरी छ ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि तत्काल पहल थाल्नु जरुरी छ । यसका लागि संघीय सरकारलाई दवाव दिने काममा ढिलाई गरिनुहुँदैन । संघीय सरकारले यो विमानस्थललाई कुनैपनि अवस्थामा चलाउने प्रतिवद्धता जनाईरहेको अवस्थामा उडान नै बन्द हुने जुन काम भएको छ, त्यसले सरकारलाई पनि गिज्याईरहेको छ । नेपालको विकास पर्यटन क्षेत्रबाट संभव छ । विदेश मुद्रा आर्जनको भरपर्दो माध्यम पर्यटन हो तर पर्यटन क्षेत्रलाई नै धरासायी बनाउने काम भैरहेको छ । अप्रिल १ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको छ । उडान रोकिनुको कारणको बिषयमा सरकारले विमान कम्पनीहरूसंग कुनै छलफल नै गरेको छैन । किन बन्द भयो अन्तर्राष्ट्रिय उडान ? यसको चित्तबुझ्दो जवाफ दिने काम सरकारले गरोस् । नेपालले पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने हो भने अरू देशसँग पनि हातेमालो गर्नुपर्छ । पर्यटन क्षेत्रमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न सक्नुपर्छ । पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटकीय पूर्वाधारको विकास निकै महत्वपूर्ण छ । तर, सवैभन्दा पहिला अन्तर्राष्ट्रिय उडान सेवा सुचारु होस् । गौतमबुद्ध विमानस्थलबाट नियमित रूपमा हुने अन्तर्राष्ट्रिय उडानले मात्रै यो क्षेत्रको पर्यटनको ढोका खुल्नेछ । तसर्थ एकपटक फेरी यो विमानस्थल चलाउन दवावको कार्यक्रम सञ्चालन गरियोस् ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?