ट्रेंडिंग:

>> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ

संस्कृति संरक्षणमा जोड दिनुपर्ने सुझाव
३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

बुटवल, ३० चैत ।
नेवा सेवा समितिको १६ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट डिल्ली कुमार श्रेष्ठक अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेसनबाट संस्थाको वरिष्ठ उपाध्यक्ष दल बहादुर श्रेष्ठ, उपाध्यक्ष शारदा श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठ, कोषाध्यक्ष प्रमोद कसजू, सहसचिव देवकुमार श्रेष्ठ, सदस्य ओम प्रकाश श्रेष्ठ (ख), अर्जुन श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, लिलप्रसाद श्रेष्ठ, अनिल कुमार चुके, भगवती श्रेष्ठ, लक्ष्मी कर्माचार्य सर्वसम्मत चयन भएका छन । यसैगरि संस्थाको लेखा समिति संयोजक ध्रुव कुमार श्रेष्ठ, सदस्य जनकलाल श्रेष्ठ, सुर्यलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

यसैगरि महिला समितितर्फ चमेली श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष बिष्णुमाया श्रेष्ठ, सचिव लक्ष्मी कर्माचार्य, सहसचिव भगवती श्रेष्ठ, कोषाध्यक्ष सम्झना श्रेष्ठ, सहकोषाध्यक्ष पार्वती श्रेष्ठ, सदस्यहरुमा अन्जु श्रेष्ठ, भिम कुमारी श्रेष्ठ, जमुना राजभण्डारी, सरिता श्रेष्ठ (ख) सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक रामलाल श्रेष्ठले बताए ।

नेवा सेवा समितिको १६औं साधारणसभा तथा ७ औं अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटनमा नेवार समुदायको योगदानलाई स्मरण गर्दै भाषा, संस्कृति र पहिचानको आन्दोलन अझै मजबुत रूपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए । “हाम्रो भाषा र संस्कृति केवल समुदायको मात्रै नभएर नेपालको पहिचान हो,” उनले भने “नेपाल भाषा र नेवार समुदायले सदियौँदेखिको सभ्यता बोकेको छ। त्यसलाई संरक्षण गर्न नीति निर्माण तहदेखि व्यवहारिक तहसम्म पहल गर्नुपर्छ ।” उनले सामाजिक न्यायको सवालमा पनि जोड दिए । “आज पनि हामी जात, धर्म र भाषाको आधारमा विभेदको शिकार छौँ,“ उनले भने, “बुद्धको सन्देश करुणा र समानताको हो। त्यसलाई व्यवहारमा उतार्नुपर्छ । अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो भाषा, संस्कृति र पहिचानको प्रतिनिधित्व गरिनुपर्छ । यस अभियानमा युवा पुस्ताको भूमिका निर्णायक हुनेछ ।“

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नेवार समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण नगरको दायित्व भएको बताउँदै बुटवल विविधताभित्र एकताको नमुना भएको शहर भएको उल्लेख गरे । उनले भने, “बुटवलमा विभिन्न जातजाति र समुदायको साझा बास छ। यहाँको सामाजिक समरसता र आपसी मेलमिलापले हामीलाई आफ्नो भाषा र संस्कृति जोगाउने प्रेरणा दिन्छ ।“ उनले ,“नगरपालिकाले स्थानीय तहमा भाषा, लिपि र संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। नेवार समुदायको इतिहास, संस्कृति र योगदानलाई सम्मान गर्दै हामी भविष्यमा संस्कृति सम्बद्ध कार्यक्रमहरूलाई अझ संस्थागत बनाउनेछौँ ।”

त्यस्तै नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको हालसम्मका गतिविधि, सफलता प्रस्तुत गर्दै भने, “नेवा सेवा समिति शुरुदेखि नै भाषा र संस्कृतिको संरक्षण, अनि समाजमा मेलमिलाप र समझदारी बढाउने काममा सक्रिय छ । यो संस्था केवल पुराना परम्परा जोगाउने ठाउँ मात्रै होइन, नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचान बुझाउने माध्यम पनि हो ।”

कार्यक्रममा नेवा पुच बुटवलका अध्यक्ष काजिमान श्रेष्ठ, संस्थाका सल्लाहकार रामलाल श्रेष्ठ, नेवा देय दबु लुम्बिनी प्रदेश अध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष बसन्ती श्रेष्ठ, सचिव शारदा श्रेष्ठले नेवार समुदायको ऐतिहासिक योगदान र भविष्यका चुनौतीबारे आफ्नो धारणा राखे ।

यसैबिच समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना विद्यार्थी, जेष्ठ नागरिकतर्फबाट ६ जनालाई विशेष सम्मान प्रदान तथा संस्थालाई मिडिया क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission