ट्रेंडिंग:

>> भीडमा हराएको सम्मानः बसपार्कमा महिला मैत्री सेवा खोइ? >> सफल महिला समूहमा एक महिनाको वाद्यवादन तालिम सुरु >> कर्णालीविरुद्ध एकतर्फी जित निकाल्दै एपीएफ सेमीफाइनलमा >> दानव खोलामा बेपत्तामध्ये एक बालकको शव भेटियो, दुई अझै बेपत्ता >> गुँड र खुदो बिक्रीबाट छोराछोरीलाई स्नातकोत्तर सम्मको पढाई >> कक्षा १२ को परीक्षा अनिश्चितः परीक्षाको अन्तिम तयारीमा जुटिरहेका विद्यार्थी अन्योलमा, अभिभावक चिन्तित >> रेडक्रसका पूर्व अध्यक्षले आफैलाई गोलि हाने >> दानव नदीमा ३ जना बालक बेपत्ता >> देशको ढुकुटीले धान्न नसक्ने माग सरकारले पुरा गर्न नसक्नेः प्रधानमन्त्री >> नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो >> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी

स्कुलमा भरिदै ‘मधेशी छोरी’

कन्या स्कुल सञ्चालन भएदेखि मधेशी र मुस्लिम समुदायमा किशोरीहरू शिक्षामा आकर्षित भएका देखिएका छन् । गत बर्ष १ देखि ७ कक्षा सम्म ३ सय ५७ किशोरीहरू पढिरहेका छन् ।
३१ चैत्र २०८१, आईतवार
३१ चैत्र २०८१, आईतवार

बाँके, ३१ चैत ।
बाँकेको जानकी गाउँपालिकामा सञ्चालनमा रहेको राष्ट्रिय कन्या आधारभुत विद्यालयमा कक्षा थपिदै गएपछि स्थानीय खुसी छन् । साधारण विद्यालय भन्दा विशेष विद्यालय संचालनले अभिभावकहरूमा थप उत्साह थपिदै गएको हो ।
हाल ७ कक्षासम्म सञ्चालन हुँदै आएको उक्ता विद्यालयमा शैक्षिक शत्र २०८२ बाट कक्षा ८ को पठनपाठन हुँदै छ । कन्या स्कुलको स्थापना २०४३ सालमा भएपनि स्कुल सञ्चालन २०७९ सालमा गाउँकार्यपालिकाले निर्णय गरेर कक्षा सञ्चालनमा आएको राष्ट्रिय कन्या आधारभूत विद्यालयका प्राध्यानाध्यापक लक्ष्मी शाहीले बताइन ।

उनले भनिन्–‘अहिले यो कन्या आधारभूत विद्यालयलाई गाउँपालिकाले गाउँपालिकाको गौरवको योजनामा बढाएको छ । विद्यार्थी थपिँदै जन्छन र हरेको बर्ष कक्षा बृद्धि गर्दै लैजाने हो । यसरी नै स्कुललाई १२ कक्षासम्म पु¥याउने गाउँपालिकाको उद्देश्य रहेका छ । कन्या स्कुल सञ्चालन भएदेखि अविभावकहरू आफ्नो छोरीहरू सुरक्षित भएको महाशुस गरेको बताईन । कन्या स्कुल सञ्चालन भएदेखि मधेशी र मुस्लिम समुदायमा किशोरीहरू शिक्षामा आकर्षित भएका देखिएका छन् । गत बर्ष १ देखि ७ कक्षा सम्म ३ सय ५७ किशोरीहरू अध्यापन गरिरहेको प्रअ. शाहीले बताइन ।

गाउँपालिकाले हरेक बर्ष किशोरीहरूलाई प्रोत्साहनका लागि नयाँ नयाँ योजना र अविभावकहरूलाई पनि गाउँ गाउँमा सम्झाइ बुझाइ गरिरहेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । उनले भने कन्या स्कुल सञ्चालन भए देखि मधेशी समुदायका किशोरीहरू र अविभावकहरूले आफ्नो छोरीलाई सुरक्षित र शिक्षामा पहुँच पुग्ने विश्वास गरेका छन् । जानकी गाउँपालिका क्षेत्रभित्र अधिकांश मधेशी समुदायहरूको बसोबास रहेकोले पहिला किशोरीहरूलाई स्कुल नपठाउने मानसिकताको अन्त्य भएको पालिका अध्यक्ष खाँले बताए । गाउँपालिकाले संघ र प्रदेशले लगानी नगरेपनि गाउँपालिकाले आफ्नो पालिकाकाले केही रकम बिनियोजित गरेर स्कुल सञ्चालन गरेको छ ।

गाउँपालिकाले यसलाई गाउँपालिकाको गौरबको योजना बनाएर अगाडी बढाएको छ । पहिला मधेशी समुदायमा भएको बिकृति छोरी बढेपछि विग्रीन्छ त्यो सोंचको अन्त्य भएको कक्षा ७ मा अध्ययनरत छात्र जयन्ती धोवीका बाबु रामअचल धोवीले बताए । उनले भने पहिला आप्mनो छोरीलाई निजी विद्यालयमा पढाउँथे तर कन्या स्कुलमा राम्रो पढाई भएपछि आफ्नो छोरीलाई पनि कन्या स्कुलमा भर्ना गराएर पढाउन थाले । खास गरी मधेशी समुदायमा छोरी नपढाउने मानिसकता थियो अन्त्य भएको देखिन्छ । जानकी गाउँपालिका बढी मधेशी भएको गाउँपालिका हो उनी गाउँ कार्यपालिकाले सदस्य र शिक्षा विकास तथा सामाजिक विकास संयोजक रहेका छन् ।

पहिला सञ्चालन गर्दा ५ कक्षा सम्म सञ्चालन भएको थियो र यो हरेक बर्ष कक्षा थपिँदै गएको उनले बताए ।हालसम्म बाँकेमा जानकी गाउँपालिकाको श्री राष्ट्रिय कन्या आधारभूत विद्यालय र नेपालगंज उपमहानगरपालिकामा कन्या माध्यमिक विद्यालय रहेका छन् । तर ती दुई गाउँपलिका बाहेक बाँकेमा नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा पनि मधेशी समुदायको बसोबास रहेको हुँदा कन्या स्कुलको सञ्चालनको आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?