© २०२३
बुटवल, ३० चैत। बुटवलमा सम्पन्न प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि ट्रिनेटि युवा क्लब, वालिङले चुमेको छ । शनिबार भएको फाईनलमा राईजिङ स्टार क्लब कपिलबस्तुसंग १–० गोल अन्तरले पराजित गर्दै ट्रिनेटि युवा क्लब, वालिङले उपाधि चुमेको हो । उपाधिसंगै ट्रिनेटि युवा क्लब, वालिङ नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता राईजिङ स्टार भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा ट्रिनेटी युवा क्लब वालिङकी सिमरन राई उत्कृष्ट खेलाडी घोषित हुदै नगद २५ हजार तथा मेडल प्राप्त गरिन । यसैगरि राइजिङ स्टार क्लब, कपिलबस्तुकी सुनयना चौधरी उत्कृष्ट गोल किपर, ट्रिनेटी क्लब वालिङकी पूर्णिमा राई वेष्ट फरवार्ड, राइजिङ स्टारकी धाना बोहोरा वेष्ट डिफेन्ड, ट्रिनेटी युवा क्लबका दिलिप थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनहि १० हजार नगद तथा कप प्राप्त गरे ।
एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा दर्शकले भरिएको सिद्घेश्वरी खेल मैदानमा भएको फाईनलमा ट्रिनेटि जितमा एकमात्र गोल यशोधा शाहीले गरिन । निक्कै प्रतिस्प्र्रात्मक खेलमा शुरुवातबाट नै ट्रिनेटि हाबी थियो । खेलको ५५ मिनेटमा पाएको फ्रिकिकलाई यशोधा शाहीले गोलमा परिणत गरिन । फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकि स्कोरर यशोदा शाही भइन ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेबी अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धि बहादुर दर्जीले विजेता तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरे ।
प्रतियोगतामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।