ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

लाईसेन्स छानबिनमा ढिलाई नहोस्

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

पछिल्लोसमय प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) देशमा हुने अपराधजन्य घटनामामात्रै होइन अनियमितता, भ्रष्टाचारजन्य काण्ड नियन्त्रणमा समेत संलग्न भएर जनताको स्याबासी पाउन थालेको छ । सिआईबीले गरेको अनुसन्धान निर्णायक तहमै पुग्ने गरेको पछिल्ला केही उदाहरण काफी छन । अर्कोतर्फ सिआईबीले गरेको अनुसन्धान निष्पक्ष मान्ने गरिएको छ । केही दिनदेखि सिआईबीले नक्कली लाईसेन्स प्रकरणमा यातायात कार्यालय बुटवलका अधिकृत सहित केही बिचौलियालाई पक्राउ गरि कारवाहीको दायरमा ल्याउन अनुसनधान थालेको छ । निश्चितरूपमा सवारी लाईसेन्समा निकै ठूलो गिरोह सकृय छ । सक्कली लाईसेन्समात्र होइन नक्कली लाईसेन्स समेत बनाएर गिरोहले विक्री वितरण गर्दै आएको अनुसन्धानबाट देखिएको छ । सिआईबीको फन्दामा नक्कली लाईसेन्स कारोवारमा संलग्न करिव एक दर्जन ब्यक्ति तानिएका छन । सिआईबीले हत्याका घटनामा समेत गहिरो अनुसन्धान गरि परिणाम दिएको छ । त्यसअघि धेरै घटना छिनोफानोमा सिआईबीको महत्वपूर्ण योगदान छ । पछिल्लोसमय देशमा भ्रष्टाचार, अनियमितता, हत्या, अपराधजन्य घटना बढिरहेको बेला नियन्त्रणमा सिआईबीको योगदान बिर्सन सकिदैन । त्यसमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत पछिल्लोसमय सकृयता देखाएको छ । जसबाट देशलाई आर्थिक अनुशासनमा राख्न सहयोग मिल्छ भन्ने विश्वास सिर्जना भएको छ । त्यसै त देश अनेक खेलबाट आक्रान्त छ । देशलाई अस्तव्यस्त बनाउने भ्रष्टाचार, अनियमितताका घटना नै हुन । नेपालमा भ्रष्टाचारीहरूले अपवादबाहेक सबैले मुक्ति पाएका छन् । यसले गर्दा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भई धनाढ्य बन्ने प्रतिस्पर्धा समाजभित्र व्याप्त छ । हँुदा खाने र हुने खानेका बीचको खाडल बढ्दै गएको छ । अर्कोतर्फ दण्डहीनता बढेको छ । अदालतले जन्मकैद सहितको सजाय दिएको अपराधी सम्मानित सार्वजनिक पद धारण गरेर बस्दै आएको उदाहरण छन् । अपराध गर्नेहरूको सम्पत्ति अरबको हाराहारीमा पुगेको तथ्यसहितको विवरण सार्वजनिक हुन्छ । तर, सम्बन्धित निकायहरू कारबाहीका लागि क्रियाशील हुँदैनन् ।

अहिले ठूला भ्रष्टाचारीहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रबाहिर छन् । मन्त्रिपरिषद्को निर्णय, संवैधानिक आयोगहरूका काम कारबाही, न्यायपालिका र सैनिकसम्बन्धी कार्यहरू, निजी क्षेत्रबाट भएका भ्रष्टाचारजन्य क्रियाकलाप, आयोगको कार्यक्षेत्रबाहिर रहेका छन् । ठूला भ्रष्टाचार यही क्षेत्रहरूमा हुने गर्छ, यस्ता भ्रष्टाचारीलाई राज्यका तर्फबाट अभयदान मिलेको छ । भ्रष्टाचार बढ्नुमा जवाफदेहिता र पारदर्शिताको कमी हुनु, तलब लगायतका सुविधाहरूले न्यूनतम आवश्यकताको पूर्ति गर्न नसक्नु, कानुन समानरूपमा लागू नगरिनु, शक्तिशाली समूहरूले एकाधिकार कायम गर्न सफल हुनु आदि देखिएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि सर्वप्रथम सबै राजनीतिक दल र सत्तारुढ दलबीच उच्चस्तरको प्रतिवद्धता हुनु अत्यावश्यक छ । सरकारले यस सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नुपर्छ । संविधानमा नै भ्रष्टाचार नियन्त्रक निकायलाई यस अपराधविरुद्ध जुनसुकै पदाधिकारीलाई अनुसन्धान गर्न पाउने र अधिकारको दुरूपयोग हुँदासमेत भ्रष्टाचारको परिभाषाभित्र पार्ने गरी संशोधन हुनु जरुरी छ । नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने दिर्घ रोगकै रूपमा देखिँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सिआईबीले गरिरहेको कामबाट केही सन्तोष मान्ने अवस्था छ । यद्यपि अख्तियारले ठूला काण्डमा आँखा चिम्लिने गरेको गुनासो छ । पछिल्लोपटक नक्कली लाईसेन्समा सिआईबीले छानविन गरिरहेको छ । यसमा ठूलो गिरोहको संलग्नता देखिएको छ । सिआईबीले यो गिरोहको पर्दाफासमात्र होइन, अनुसन्धानलाई जरैसम्म पु¥याएर कडा कारवाही गरोस् । गलत गर्ने कोही कसैलाई पनि जोगाउने काम नहोस् । अहिलेसम्म सिआईबी कसैको हस्तक्षेपमा परेको देखिएको छैन । नक्कली लाईसेन्स प्रकरण राष्ट्रिय चासोको बिषय समेत भएकोले यसको अनुसन्धानमा कमजोरी नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?