© २०२३
बुटवल, ३१ चैत ।
गुल्मी जिल्लामा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव बटुलेका नन्दु परियार गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार मानिन्छन् । आफूलाई थाहा भएदेखि गीत गाउन सुरू गरेको बताउने परियार युवादेखि बुढापाकाले रुचाइएका गायक, संगीतकार मध्ये एक हुन् ।उनले गायको करिम फुटेको, रातै रमाईलो, पुतली भुन भुन बोलको गीत उत्तिकै समय सान्दर्भिक र जनजिब्रोमा झुण्डिरहेको पाईन्छ । त्यसो त नौ जाले रुमाल, निर मायाँ प्रिममा, के हुन्छ के हुन्छ, नन्दनी, अमिलो अंगुर बोलका गीत पनि कम चर्चामा छैनन् ।
आफू गीतसंगीतकै लागि यो धर्तिमा जन्मेको भन्न रुचाउने परियारको नेपाली मौलिक गीतसंगीत र संस्कृतिलाई कलाको माध्यमबाट गाउँदेखि सहरसम्म मात्र नभएर विश्वसामू पु¥याउन ठूलो योगदान रहँदै आएको छ । सामाजिक विभेद र समस्याको उजागर गर्दै गीतसंगीतको माध्यमबाट आवाजविहीनहरूको आवाज मुखरित गर्न र सामाजिक परिवर्तनको अभियानमा लागिपरेका गायक परियार हालै सम्पन्न चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक अवार्ड २०८१ मा सर्वोत्कृष्ट भाका ‘लय’ को अवार्डबाट सम्मानित भएका छन् ।
सम्मानको प्रशंगमा परियार भन्छन् ‘सम्मान र पुरस्कारले व्यक्तिको प्रतिभाको कदर गर्दछ । देश र समाजलाई सकारात्मक उत्साह र उर्जा प्रदान गर्दछ । राम्रो काम गर्ने व्यक्तिको प्रशंसा र पुरस्कृत गर्नु भनेको हामी जस्ता सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूको लागि जिम्मेवारी बोध हुनेमात्र होइन हौसला र उर्जा मिल्नु पनि हो ।’गुल्मी जिल्ला आफैमा बिबिध कला, संस्कृतिले पूर्णता पाएको जिल्ला भएकोले गाउँमा हुने भजनकीर्तन, चुड्का, रत्यौली, रोधी, सोरठी, मादल र गन्धर्वको सारंगीको धूनले मलाई गायक बनाएको हो भन्छन् परियार । गीतसंगीत मनोरञ्जनको माध्यममात्र नभयर गीतसंगीतले समाजका कथा भन्न सक्नुपर्छ, समाजमा एउटा सन्देश फैलाउन सक्नुपर्छ भन्ने परियारको भनाईछ ।
गायन र संगीत सिर्जनामा उत्तिकै कृयाशिल नन्दु परियार २०६८ सालतिर आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा भित्रिएका हुन् भने यसै क्षेत्रमा निरन्तर लागि रहने उनको मनसाय छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी