© २०२३
बुटवल, ३१ चैत ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१, हुँगा सिभिल ईन्जीनियर विष्णु प्रसाद भण्डारीले जिल्लामा विकास निर्माणको काम गर्दाको करोड बढी रकम नपाएपछि यत्तीकै छाडेका छन् । जिल्लामा स्थानीय सरका, प्रदेश र संघीय सरकार अन्र्तगत विभिन्न विकास निर्माणको काममा ठेक्का मार्फत काम गरेका उनले भुक्तानी रकम नपाएपछि यत्तीकै छाडेका हुन । करोड बढी रकम छाडेर उनि वैदेशिक यात्रामा लागेका हुन् ।
सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा प्राप्त गरी मुलुकको पूर्वाधार निर्माणमा योगदान पुर्याडउने सपना बोकेका भण्डारी, पछिल्लो समय भने निराशा, अन्याय र असहाय स्थितिले गाँजिएर पुनः वैदेशिक रोजगारीमा जान विवश भएका छन् ।
भण्डारी नेपाली काँग्रेसका क्रियाशील सदस्य हुन । पार्टीका केन्द्रदेखि जिल्ला तहका नेताहरूसँग नजिकको सम्बन्ध राख्दै, उनले नीति–निर्मातासम्म आफ्नो पहुँच बनाएका थिए । तर, विडम्बना — आफ्नै पार्टीको सरकार नहुँदा, विपक्षीको प्रभावमा उनको कम्पनीमार्फत भएका थुप्रै निर्माण कार्यहरू अधुरै रहे । कतिपयमा त भुक्तानी समेत रोकिए ।
उनी भन्छन्, “छत्रकोट–२ को वडाकार्यालय हामीले निर्माण गर्यौं, तर वर्षौं बित्दा पनि भुक्तानी हुन सकेन । बाध्य भएर कार्यालयमै तालाबन्दी गर्नुपर्यो, अझ, श्री जनजागृति माविको भवन निर्माणपछि त रु. १५ लाख ५० हजारसम्मको भुक्तानी अहिलेसम्म रोकिएको छ । ’’
त्यतिमात्र होइन, उनका अनुसार अन्य थुप्रै सडक निर्माण आयोजना भुक्तानी पर्खाइमा छन् । नपाएको रकमको कारण, श्रमिक भुक्तानी, सामग्री खर्च तथा व्यक्तिगत लगानीमा समस्या आएपछि गुल्मीमै बसेर पेशा अगाडि बढाउने सपना अधुरो रहन पुग्यो । उनले थपे, “जहाँ म जन्मिएँ, त्यो ठाउँ नै छोड्नु प¥यो र । मेरो अनुभव, लगानी, समर्पण – सबै व्यर्थ जस्तो लाग्यो ।”
२००६ मा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग सकेपछि उनले देश र विदेशमा गरी दुई दशकभन्दा बढी समय सिभिल इन्जिनियरिङ्ग, कन्स्ट्रक्सन सुपरभिजन तथा मेन्टेनेन्सको क्षेत्रमा कार्य गरे। काठमाडौंस्थित देऊराली इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट आफ्नो करियर सुरू गरेका भण्डारीले त्यसपछि कतारको बिल्डीट कन्स्ट्रक्सन र डाइकोटेक डब्लु एलएलमा आवद्ध हुँदै आयल एण्ड ग्यास उद्योगमा समेत उनले काम गरेको अनुभव रहेको छ ।
सन् २०१५ मा नेपाल फर्किएपछि, उनले एकातिर हस्पिटालिटी क्षेत्रमा (दियालो फुडल्याण्ड प्रा.लि. र होटल पौवा प्रा.लि.), अर्कोतर्फ आफ्नै निर्माण कम्पनी “गौतम निर्माण सेवा” मार्फत पूर्वाधार निर्माणमा लागिरहे । तर, यही बेला देखिएको राजनीतिक विभाजन, सत्ताको दुरूपयोग र पक्ष–विपक्षको खेलले उनलाई निराश बनायो । आज उनी रूपन्देहीमा स्थायी बसोबास गर्दै, हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएका छन् । तर, त्यो पनि स्थायीत्वविहीन देखेपछि विदेशिने अन्तिम निर्णय लिएका छन् । आफ्ना छोराहरू कृजल र कृशल, धर्मपत्नी जमुना वञ्जाडे, आमा–बुबा र सम्पूर्ण आफन्त छाडेर विदेश जानु उनको बाध्यता बनेको छ । राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, प्रशासनिक झमेला, तथा न्यून पारिश्रमिकका कारण युवाहरूले मात्र होइन, दुई दशकको अनुभव बोकेका इन्जिनियरहरूले समेत देश छोड्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो ।