ट्रेंडिंग:

>> भीडमा हराएको सम्मानः बसपार्कमा महिला मैत्री सेवा खोइ? >> सफल महिला समूहमा एक महिनाको वाद्यवादन तालिम सुरु >> कर्णालीविरुद्ध एकतर्फी जित निकाल्दै एपीएफ सेमीफाइनलमा >> दानव खोलामा बेपत्तामध्ये एक बालकको शव भेटियो, दुई अझै बेपत्ता >> गुँड र खुदो बिक्रीबाट छोराछोरीलाई स्नातकोत्तर सम्मको पढाई >> कक्षा १२ को परीक्षा अनिश्चितः परीक्षाको अन्तिम तयारीमा जुटिरहेका विद्यार्थी अन्योलमा, अभिभावक चिन्तित >> रेडक्रसका पूर्व अध्यक्षले आफैलाई गोलि हाने >> दानव नदीमा ३ जना बालक बेपत्ता >> देशको ढुकुटीले धान्न नसक्ने माग सरकारले पुरा गर्न नसक्नेः प्रधानमन्त्री >> नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो >> मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै सुर्खेतको यरिचोकमा सडक अवरोध >> वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि >> मणिमुकुन्द कप इन्डो–नेपाल भलिवल : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बिजयी >> रवि लामिछानेको सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी

वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना

३१ चैत्र २०८१, आईतवार
३१ चैत्र २०८१, आईतवार

सल्यान, ३१ चैत ।
वनस्पति अनुसन्धान केन्द्र सल्यानको आयोजनामा वनस्पति संरक्षण, अनुसन्धान, समुदाय सहभागिता र जैविक चेतनाका कार्यक्रम एकै थलोमा गरिएको छ । कपुरकोट गाउँपालिका, ३ मूलपानी स्थित वनस्पति उद्यान परिसर र आसपासमा मिचाहा वनस्पतिको ब्यवस्थापन गरेर २३, चैतबाट सुरु भएर शुक्रबार मुख्य समारोहसँगै साताव्यापी कार्यक्रम सम्पन्न भएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले जानकारी दिए ।

वनस्पति बिभागको ६५ औं बार्सिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा एकहप्ता सम्म विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो । दिवसको अवसरमा दुर्लभ तर महत्वपूर्ण वनस्पति काकडसिङ्गीको महत्व र संरक्षणका लागि सञ्चालन भएको काकडसिङ्गी कप ब्याडमिन्टन प्रतियोगितामा सुवास हमाल र भुवन डाँगीको टीम पहिलो, लोक बहादुर बस्नेत र भुवन महतराको टीम दोश्रो र यमराज महतारा र दिनेश थापाको टीम सान्तवना भएको थियो । विजयी टीमलाई क्रमशः १० हजार, आठ हजार र पाँच हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको डाक्टर पाठकले बताए ।

यस्तै हाजिरीजवाफ प्रतियोगितामा नेरामावि किमुचौर पहिलो, ब्लु डायमन्ड बोर्डिङ स्कुल दोश्रो तथा जीवन ज्योती नमुना मावि रीम तेश्रो भएका थिए । यस वर्ष जैविक विविधता सचेतना सम्मानबाट पत्रकार सरिता चलाउने र खकेन्द्र केसीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारी सम्मान संगै जनप्रतिनिधि एवम् सरोकारवालाकाविच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको अनुसन्धान केन्द्रले जनाएको छ ।

विशेष गरेर दिवसको अवसरमा केन्द्रले सल्यानमा यसवर्ष काकडसिङ्गीको संरक्षणका लागि अभियान सुरु गरेको छ । सल्यान सहित कर्णालीका केही जिल्लामा मात्र पाइने बहुउपयोगी र औषधीय महत्व बोकेको दुर्लभ वनस्पति काकडसिङ्गीको खोजी र संरक्षणमा अभियान थालिएको हो । यसमा पाइने राइबोफ्लोबिन, एस्कार्बिक एसिड, कैरोटेन, निकोटिन एसिड, ग्लूटामाइन, ल्यूटियोलिन, पीपेकोलिक र मोमोरडिन जस्ता तत्वहरूले गर्दा रुघा–खोकी, ज्वरो, दम, रक्तपित्त, यौन दुर्बलता, प्रजनन समस्या, उच्च रक्तचाप नियन्त्रण जस्ता रोगमा औषधीको रूपमा प्रयोग हुँदै आएको छ । यस वनस्पतिको खपत तथा व्यापारिक मूल्य उच्च भएकाले लोप हुने खतरा बढेको छ । त्यसैले वनस्पति अनुसन्धान केन्द्र सल्यानले यसमा अनुसन्धान, खोज, संरक्षण तथा प्रवद्र्धनका कार्यहरूलाई अभियानकै रूपमा अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?