ट्रेंडिंग:

>> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध

गृहिणीको श्रमको सम्मान कहिले ?

३१ चैत्र २०८१, आईतवार
३१ चैत्र २०८१, आईतवार

मौसम परिवर्तनसंगै बटौली बजार तातिदै थियो । मन पनि अलि मौसमसंगै बद्लिदै थियो । खै के गरौ कसो गरौ जस्तो अनौठो अनुभूति । यहि वेचैनी र गर्मीको बहानाले सितल ठाउँ खोज्दै केही समय पहाडको बसाई बस्ने निधो गरेर गुल्मी तिर लागेँ । त्यो यात्रा नयाँ र नौलो चाहिँ थिएन । तर अनुभव चाहिँ केही नयाँ थिए । केही दिन घर भन्दा टाढा आफन्तजन र साथीभाईको घरमा पुगेँ । यस्तै क्रममा सामान्य प्रश्न जस्तै लाग्ने सधैका संवाद बारम्बार सुनिन्थ्यो । के गर्दैछस ? के काम गर्छस ? यि संवाद दोहोरै हुन्थ्ये । नेपालको जुनसुकै कुनामा गएपनि भनौ विश्वभर जहाँ गएपनि यी प्रश्नबाट कोही उम्कन पाउदैन होला सायद । यसैक्रममा मेरो साथीको घरमा पुग्दा यिनै र यस्तै सवाल जवाफमा दिन वित्थ्यो । म साथीको घर पुग्नासाथ साथीको आमाले पानि चिया ल्याउनु भयो । त्यस पछि खाजा खाना । सबै तयारी आमाले नै गर्दै हुनुहुन्थ्यो । घरीघरी वीचमा समय निकालेर हामीसंगै गफिनुहुन्थ्यो आमा पनि । त्यहाँ सधै खाना खाने समय १० बजेको रहेछ । आमाले घरीघरी हामीलाई समय दिँदा साढे ११ बजे छ, त्यो दिन । मेरो साथीका बुवालाई कसैको फोन आयो, बाहिर निस्कनुपर्ने भएछ । बुवा रिसाउदै यसको केही काम छैन तै पनि समयमा खाना पकाएर खुवान समेत भ्याउदिन । चिया बनाउने, खाना बनाउने, ओछ्यान मिलाउने, सधैं एउटै अनुहार देखिन्छ—आमा ।

घरमा जो कोही भएपनि पाहुना आउँदा सबैभन्दा बढी दौडधुप गर्ने, हाँस्दै स्वागत गर्ने आमा नै हुनुहुन्थ्यो । मेरो दिमागमा एक्कासी प्रश्न आयो । यदि यो घरमा आमा नहुने हो भने यो घर घर जस्तो रहन्छ होला ? त्यहाँबाट म करिब दिउँसो २ बजे तिर अर्को साथीकोमा पुगेँ । त्यहाँ साथीले परिचय गराएपछि बुवाले म समाजसेवा गर्छु । छोराछोरी आ–आफ्ना काममा छन । बुढीको काम घर कुर्ने । त्यही बेला म नराम्रोसंग झस्किए, साँच्चै ति आमा केही गर्दैनन त ? कि हाम्रा नजर पुगेका छैनन या हाम्रा आँखाले उहाँहरूको काम देख्न चाहेकै छैनन् । त्यसैबेला मलाई कहिँकतै पढेको एउटा पुरानो लेख याद आयो । अमेरिकी लेखक बोनी सिमिथ याकलले लेखेको लेख ‘माई मदर नेभर वर्क त्यहाँ लेखकले आफ्नी आमाको जीवनभरको योगदानलाई सम्झँदै लेखेकी थिईन’ सरकारलाई लाग्छ मेरी आमा कहिल्यै काम नगरेकी हुन् तर उनले कृषिकर्म गर्दै बच्चा जन्माइन्, हुर्काइन्, खुवाइन्, आफनो घर परिवारदेखि राष्ट्रलाईसम्म योगदान पुराईन । तर मेरो सरकारले मेरी आमाको काम देखेन र उनलाई सामाजिक सुरक्षाबाट बञ्चित ग¥यो । त्यो लेख अहिलेपनि उत्तिकै सान्दर्भिक छ– नेपालका लाखौं आमाहरूका लागि । सरकार, समाज, अनि कतिपय अवस्थामा परिवारले पनि आमाको श्रमलाई ‘काम’ मान्दैनन् । किनभने उनले घरमै बस्छिन् । उनी मासिक तलब लिँदिनन्, अफिस जान्नन् । तर उनले गर्ने कामको क्षेत्र कति ठूलो छ ? कसैले लेखाजोखा गरेको छैन ।

आमाको बिहानी सवैभन्दा छिटोबाट सुरु हुन्छ । सबैका लागि चिया, नास्ता, सन्तानको स्कुलको तयारी, श्रीमानको अफिस ड्रेस मिलाउने, घरको सरसफाइ, खाना बनाउने, पाहुना आए सजिलै न्यानो आतिथ्यता प्रदान गर्ने । श्रीमान,ं बच्चा विरामी भए रातदिन स्याहार गर्ने पनि उनै हुन । राती विस्तारामा पनि सवैभन्दा ढिलो उनी नै पुग्छिन । अनि बिहान फेरी उठेर घरको व्यवस्थापन गर्ने पनि दायित्व उनैमा थुपारिएको छ । तर उनले केही काम गर्दिन । अर्थात उनको केही काम छैन । जनगणनामा उनी “आर्जन नगर्ने“ वर्गमा पर्छिन् । श्रम कानुनमा उनी श्रमिक होइनन् । अन्य कर्मचारी सरह उनलाई स्वास्थ्य विमाको आवश्यता देख्दैन सरकार । सरकारले दिने बृद्धभत्ता त उनको बुढेसकालको सान्त्वना हो, सम्मान होइन । उनी आर्थिकरूपमा निर्भर देखिन्छिन् तर वास्तवमा पूरै परिवार र समाज अनि राष्ट्रको ढाड बनी बसेकी हुन्छिन । महिला अधिकार र लैंगिक समानताको चर्चा भइरहेका छन्, औपचारिक काम गर्नेका हक हितका कुरा उठ्छन । तर गृहिणीको विषयमा समाज अझै मौन छ । कतिपय ठाउँमा त ‘काम नगर्ने’ भनेर उनीहरूलाई हल्का रूपमा हेरिन्छ । श्रीमान्, छोरा, छोरी अफिस जान्छन् । घर फर्किदा थकित हुन्छन् । श्रीमति -आमा चाहिँ दिनभर घरमै ‘बस्ने’ भएकाले उनको कामले थाक्न दिदैन अर्थात उनी थाक्न पाउँदिनन् ।

आजको समाज अझैपनि ‘कमाउने’ लाई मात्रै मूल्यांकन गर्छ । जसको बैंक खाता छैन, जो निरन्तर काम त गर्छिन तर दैनिक मासिक रूपैया नगद वा खातामा आउदैन । तिनको योगदान ‘शून्य’ ठानिन्छ । तर आमा हुनु आफैमा एउटा पूरै संस्था चलाउनु हो । सन्तानलाई मान्छे बनाउनु, घरलाई सम्हाल्नु, सामाजिक सम्बन्ध कायम गर्नु, यी सबै कामका लागि एक सक्षम मानव व्यवस्थापक चाहिन्छ । ति व्यवस्थापक आमा हुन । तर तिनै आमाको व्यवस्थापनलाई नजर अन्दाज गरिन्छ । के तलब आउनु मात्र काम हो ? के घर चलाउनु काम होइन ? के भावना सम्हाल्नु, सन्तुलन मिलाउनु, स्वास्थ्य र संस्कार जोगाउनु काम होइन ? आज हामी घरभन्दा बाहिर काम गर्नेलाई ‘कमाउने’ भन्छौं, तर त्यो बाहिर निस्कन सक्षम बनाउने शक्ति घरभित्रको आमामा हुन्छ । आमा काम नगर्ने होइनन्, उनीहरूलाई काम मान्ने आँखा छैन हामीसँग ।
अर्को महत्त्वपूर्ण कुरा—गृहिणीको श्रमले राज्यको अर्थतन्त्रमा कति योगदान दिएको छ ? यस तर्फ राज्यको आँखा पुगेको छैन । देशमा धेरै नीतिहरू बन्छन् । बजेट आउँछ, योजनाहरू घोषणा हुन्छन् । तर त्यहाँ कतै पनि “गृहिणीको श्रमलाई सम्मान“ भन्ने शब्द सुनिँदैन । न त सामाजिक सुरक्षा छ, न त बीमा । सायद उनीहरूको श्रम दृश्य नदेखिने भएकाले हो । समाजले महिलालाई घरभित्रको सीमित भूमिकामा राख्न चाहन्छ, तर त्यही भूमिकालाई महत्व दिन सक्दैन । घरभित्र बसेरपनि आमा देश बनाइरहेकी छन । बुद्धि, संस्कार, चेतना बोकेका सन्तान हुर्काइरहेकी छन् । तर उनीहरूको नाम कहिल्यै समाचारमा आउँदैन, न त सरकारी कागजपत्रमा ।

यदि ती सबै सेवाहरू -खाना बनाउने, बाल हेरचाह, घरको व्यवस्थापन आदि) कुनै व्यवसायिक सेवा लिने हो भने मासिक लाखौँ खर्चिनुपर्छ । तर जब ती सबै काम आमाले निःशुल्क गरिरहेकी छन, त्यसको मूल्यांकन गर्न कोही तयार छैन । एकदिन आमा थकित भएर भन्छिन ‘आज त धेरै थाकें तर कोही भन्छ—“के थाक्ने ? घरमै त छ्यौ नि ! “ के काम गरेकी छ्यौ र ? कस्तो विडम्बना हो । घरमै भएर सबै गर्नेलाई ‘नगर्ने’ भन्ने । अब समय आएको छ, राज्यले, समाजले, अनि हामी प्रत्येकले आमाको श्रमलाई सम्मान गर्ने । उनीहरूलाई नारीत्वको गहना भनेर होइन, कर्मठ श्रमिक भनेर हेर्नुपर्ने बेला आएको छ । गृहिणीको श्रमलाई आर्थिक मूल्य दिन नसकिएपनि सम्मान दिन सकिन्छ । कानुनी मान्यता दिन सकिन्छ । सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ । अवको आवश्यकता भनेको दृष्टिकोणको परिवर्तनको हो । आमा साँच्चिकै काम नगर्ने होइनन्, उनीहरूले गरेको कामलाई काम नदेख्ने हाम्रा नजर दोषी हुन । यी नजर परिर्वतन गर्नु आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission