© २०२३
हो, म नेपालको गणतन्त्र हुँ
गणतन्त्र मात्र हैन
म लोकतान्त्रिक पनि हुँ
स्पेशल संघीय पनि हुँ
किनभने मलाई नेपाली जनताले
आन्दोलन गरेर
आन्दोल जितेर
सम्बिधानसभाको माध्यमबाट
चुनेर पठाएका हुन्
सम्बिधानले मलाई
संघीय लोकतान्त्रिक गणतन्त्र भनेको छ
१४ बर्ष भयो म नेपालमा स्थापित छु
कहिले म यो नेताको खल्तीमा हुन्छु
कहिले म उ नेताको खल्तीमा बस्छु
धेरैजसो बालुवाटामा डुल्छु
कहिले बानेश्वरमा विचरण गर्छु
कहिले सिंह दरबारमा डुक्रन्छु
प्रदेशहरुमा भ्रमण गर्छु
जनतामा भ्रम छर्छु
कहिलेकाहिँ बन्दुकभित्र
गोलीको रुपमा पनि बस्छु
र, हत्या हिंसामा पनि होमिन्छु
नेताहरुको भाषण र विज्ञप्तीमा
म निकै ख्याति कमाउँछु
कहिले प्रतिनिधिसभा भत्काउँछु
राजीनामा दिन्छु र आफै चुनिन्छु
किनभने म नेपालको गणतन्त्र हुँ
त्यसमा पनि म खाँटी लोकतन्त्र हुँ
संघीयताको त म मषिहा नै हुँँ ।