ट्रेंडिंग:

>> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै >> दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ? >> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय >> दीप गायन ताराको बाह्रौं संस्करण हुँदै >> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व >> गुल्मीमा पानी उद्योग स्थापना >> सामसङ ग्यालेक्सी एस२५ शृंखलाका स्मार्टफोनको प्रिअर्डर खुल्ला >> प्रगतिशील साहित्यलेखन यात्रा

सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

काठमाडौं ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ। उक्त विधेयकलाई राष्ट्रिय सभामा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता गराएका हुन्।

यस विधेयकमा सामाजिक सञ्जालको दर्ता प्रक्रिया, सञ्चालन र नियमन गर्ने प्रावधान रहेको छ। विधेयक अनुसार फेसबुक, भाइबर, ह्वाट्सएप, एक्स जस्ता सामाजिक सञ्जालहरूले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने छ। संसदबाट विधेयक पारित भएपछि यसलाई राजपत्रमा प्रकाशित गरेको ६ महिनाभित्र यी सञ्जालहरूलाई नेपालमा दर्ता गराउनु पर्नेछ। दर्ता नगरेका सञ्जालहरूलाई सरकारले निषेध गर्न सक्ने प्रावधान रहेको छ।

वर्तमानमा नेपालमा गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जालहरू दर्ता भइ कर तिर्न थालिसकेका छन्।

विधेयकमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि कडा प्रावधान राखिएका छन्। यसमा कुनै व्यक्ति साइबर बुलिङ गर्नुभयो भने तीन वर्षसम्मको कैद वा ५ लाख रुपैयाँसम्मको जरिवाना अथवा दुवै सजायको व्यवस्था गरिएको छ।

साइबर स्पेसमा गलत सूचना, अपमानजनक शब्दहरू, धम्की, अफवाह फैलाउने गतिविधिहरूलाई साइबर बुलिङको परिभाषामा राखिएको छ। साथै, भ्रामक सूचना र डीपफेक भिडियो प्रसार गर्दा पनि कारबाही हुनेछ।

यस विधेयकको उद्देश्य सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउनु हो, जसका लागि नियमन र कानूनी कदम चालिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%