ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

काठमाडौं, १५ माघ ।

लोकप्रिय गायक विमलराज क्षेत्रीले नेपाल सांस्कृतिक महासंघको आयोजनामा देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन्।

‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको यस कार्यक्रमको उद्देश्य नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रूपान्तरणका महत्त्वपूर्ण घटनाहरू र भावी योजनाहरूलाई देशभरका जनतासम्म पुर्याउनु हो।

नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली कांग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले कांग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्नको लागि महासंघले यो अभियान सुरु गरेको बताए।

उनले भने, “नेपाली कांग्रेसले यो देशका लागि गरेको जति महत्त्वपूर्ण काम र गतिविधि अन्य कुनै पार्टीको छैन। ती सबै कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्। सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्छ।”

कार्यक्रममा गायक विमलराज क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए। उनले भने, “मलाई सानैदेखि नेपाली कांग्रेसको चारतारे झण्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो। संसारभर पुग्ने रहर थियो। त्यसको सुरुवात नेपाली सांस्कृतिक महासंघले गर्न लागेको छ। महासंघको सम्पूर्ण कार्यसमिति प्रति हार्दिक आभार व्यक्त गर्दछु।” नेपाली कांग्रेसको इतिहास र भविष्यले आफूलाई सधैँ चिन्तित तुल्याएको बताउँदै गायक क्षेत्रीले नेपाली कांग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ लैजानका लागि आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गरे।

गायक क्षेत्रीले भने, “नेपाली कांग्रेसको विचार, विकासको हाइवे बेलाबेलामा पहिरो आएर पुरिन्छ। नेपाली कांग्रेसको काम अन्यले जस लिने काम भएको छ।” अभियानमा नेपाली कांग्रेस, जनता सुखदुखका गीतहरू समेत गाउने उनले जानकारी दिए।

यही माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ।

कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ। त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ। विभिन्न तामझाम सहित सांगीतिक माहौलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन्। कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ऋतु थापा, सन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतका विभिन्न सांगीतिक प्रस्तुति रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?