ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य

१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

दाङ–

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन ।

सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन । मुख्यमन्त्री आचार्यले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताए । ‘संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्दछ ।

सुशासन, जवाफदेहिता र दिगो विकासविना हामीले राष्ट्रिय लक्ष्य भेट्न कठिन छ’उनले सन्देश मार्फत भनेका छन,‘सहिद दिवसको यस महत्वपूर्ण अवसरमा म सबै राजनीतिक दल र आम जनसमुदायलाई विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सामूहिक प्रतिबद्धता जनाउँदै सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गर्दछु ।’ मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च कदर गर्ने बताउँदै यस दिवसले सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि समर्पित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।

सहिद दिवसलाई मुलुक र जनताका लागि प्राणको आहुति दिने वीर सहिदहरूले गरेको योगदानलाई स्मरण एवं सम्मान व्यक्त गर्ने तथा उनीहरूले देखाएको परिवर्तन र सामाजिक न्यायको आन्दोलनलाई अझ उचाइमा पु¥याउन संकल्प गर्ने दिनका रूपमा स्मरण गरे । मुख्यमन्त्री आचार्यले सार्वभौमसत्ता सम्पन्न नागरिक, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको समृद्ध नेपाल, सामाजिक न्याययुक्त समावेशी चरित्र बोकेको राज्य संरचना र विभेदमुक्त समानतायुक्त समाज निर्माणका लागि जीवन बलिदान गर्ने सहिदहरूले देखाएको सत्मार्गमा निरन्तर लागिरहने संकल्प गरे । बढ्दो जनअपेक्षा, सीमित स्रोत र तरल आर्थिक अवस्थाका बीचमा पनि लुम्बिनी प्रदेश सरकार समृद्ध प्रदेशः खुसी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन । सामाजिक न्यायसहितको समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?