ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

रौतहटको सेमरीमा विवाह गरेको दुई महिना नपुग्दै दुलहीलाई दाईजो कम भएको भन्दै घर परिवारका सदस्यहरूले कठोर यातना दिएको समाचार सार्वजनिक भएको धेरै भएको छैन् । सुन्दर जीवनको परिकल्पना गरेर विवाह वन्धनमा बाँधिएकी ती युवती अन्ततः डिप्रेसनमा पुगेकी छिन । त्यसैगरी जनकपुरमा समेत दुई महिना अघिमात्रै दाईजो कम भएको नाममा विवाहित दुलहीलाई चरम यातना दिएको र यातनाको घटनामा उनकै श्रीमानको समेत संलग्नता रहेको कुरा सार्वजनिक भएको छ । पछि विवाहित युवतीले आत्महत्या गर्न बाध्य भएको समेत प्रकाशमा आएको छ । यी घटना बर्षौदेखि तराईमा जारी दाईजोका नाममा कलंकका उदाहरण हुन । बिडम्वना के छ भने दाईजो विरुद्धको अभियान जति नै चलाएपनि दाईजोका नाममा हुने यातनाका घटनामा कुनैपनि कमी आएको छैन । बरु झनै बढ्दै गएको देखिएको छ । नेपाली समाजमा विवाहवारीको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथाले विकृतिको रूप लिँदै आइरहेको छ । विशेषगरी तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप समेत लिने गरेको छ । विवाहमा केटी पक्षले भने अनुसारको दाइजो नदिँदा केटा पक्षले अन्तिम समयमा आएर विवाह नै रोकेका दुःखद घटना पनि सार्वजनिक हुने गरेका छन् । यस्तो रवैया २१ आंै शताब्दीको मानवताविरुद्धको गम्भीर अपराध हो । विवाहको सबै तयारी पूरा भएपछि आफ्नो स्वार्थसिद्ध गर्नका लागि दाइजो नपाएको झोकमा विवाह रद्द गर्ने त्यो परिवारको कृत्य जतिसुकै भत्र्सना गरे पनि कम हुन्छ । अर्कोतर्फ विवाह अघि केही पनि नभन्ने तर विवाहपछि मानसिक यातना दिएर दाईजो माग गर्ने ढोंगी परिवार पहाडमा भन्दा पनि मधेशी समाजमा बर्गेल्ती छन । यसले मधेशमा अझै समाज परिवर्तन भएको रहेनछ भन्ने प्रमाणित गरेको छ । नेपाली समाजमा दाइजो प्रथा नयाँ भने होइन । यो त धेरै पहिला त्रेता युगमा भारतको अयोध्याका राजा जनकले आफ्नो ज्वाईं र सम्धीलाई स्वेच्छाले खुसीको दाइजोको नाममा सुन, चाँदी, गहना, राजपाट, महल, हात्ती, घोडा पैसा आदि प्रदान गरेको किम्बदन्ती छ । त्यतिबेलादेखि नै विवाहका समयमा केटी पक्षले केटा पक्षलाई दाइजो दिने परिपाटीको विकास हँुदै आएको हो । त्यतिबेला दाइजो स्वेच्छाले प्रदान गरिन्थ्यो । कसैलाई पनि कुनै प्रकारको करकाप थिएन । त्यसैले गर्दा कुनै प्रकारको मनोवैज्ञानिक हिंसा तथा सामाजिक अपराध हुने अवस्था नै आउँदैनथ्यो । तर, हिजो आज नेपाली समाजमा त्यही दाइजो प्रथाले चरम विकृति र अपराधको रूप लिँदै आएको छ ।

यतिसम्मकी दाइजो नपाएको झोकमा आफ्नै श्रीमतीको हत्या गरिदिने, तेजाव छर्केर कुरूप बनाइदिने लगायतका सामाजिक अपराधका घटना दिनानुदिन बढिरहेका छन् । पैसा र धनलाई सर्वेसर्वा ठान्ने गलत सोचका कारण पनि दाइजो प्रथाले थप प्रश्रय पाउँदै आएको छ । सरकारले सामाजिक विकृति र विसंगति रोक्नका लागि विभिन्न नीतिगत र संरचनागत व्यवस्था गरे पनि समाजमा दाइजो प्रथा रोकिनुको साटो झनै बढ्दै गइरहेको छ । यसले सरकारी प्रयास औपचारिकतामा मात्रै सीमित भइरहेको पुष्टि गरेको छ । त्यसैले अब संघीय, प्रादेशिक र स्थानीय सरकारले यस प्रकारका विकृतिका घटना रोक्नका लागि बनाएका नीति योजना र कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । दाइजो प्रथा रोक्नका लागि सामाजिक रूपमा नै जागरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । दाईजो माग गर्नेलाई समाजले बहिष्कार गर्ने वातावरण निर्माण गर्नु जरुरी छ । होइन भने नेपाली समाजमा यो प्रथा कुप्रथामात्रै होइन, हाम्रा छोरी चेली असुरक्षित बन्ने परिस्थिति सिर्जना हुनेछ । दाईजो माग्ने चलन पछिल्लोसमय घट्दै गएको भनिन्छ तर भित्रीरूपमा यसले गाडेको जरा उखेल्ने काम भने जटिल छ । अवको दिनमा दाईजोको कलंकविरुद्ध अभियान नै छेड्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?