ट्रेंडिंग:

>> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै >> दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ? >> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय >> दीप गायन ताराको बाह्रौं संस्करण हुँदै >> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व

रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

बुटवल, १५ माघ ।

एनएमबि बैंकको रुकुम आठविसकोटमा नयाँ शाखा उद्घाटन भएको छ। आम ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रुकुमको आठविसकोटमा बैंकको २ सय २औं शाखा एक विशेष समारोहका बीच औपचारिक सञ्चालनमा आएको हो।

आठविसकोट गाउँपालिका अध्यक्ष रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा रिबन काटेर नयाँ शाखा उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रवि केसीले एनएमबि बैंकले आफ्नो गाउँपालिकालाई छनोट गरेर नयाँ शाखा स्थापना गरी वित्तीय सेवा शुभारम्भ गरेकोमा आभार व्यक्त गर्दै बैंकको शाखा संचालनले यस क्षेत्रको आर्थिक विकासलाई बढवा दिने विश्वास व्यक्त गर्नुभयो।

एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले एनएमबि बैंकले एक उत्कृष्ट बैंकको रूपमा वित्तीय सेवा दिइरहेको औल्याउँदै आम जनता, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायको रोजाइको बैंक रहेको जानकारी दिनुभयो। उहाँले बैंकको स्थापना कालदेखि नै भ्यालु बेस, सुशासन, नागरिक मैत्री बैंकको रूपमा सेवा दिइरहेको बताउनुभयो।

एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले रुकुमको आठविसकोट गाउँपालिकाका जनताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बैंकको शाखा सञ्चालनमा ल्याएको उल्लेख गर्दै एनएमबि बैंकको आधुनिक, सहज, सरल र छिटोछरितो बैंकिङ्ग सेवाबाट यस क्षेत्रका आम जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बैंक आम जनताको विश्वासबाट सञ्चालन हुने भएकाले एनएमबि बैंक सदैव जनताको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखि सेवा प्रवाह गरिरहेको बताउनुभयो। सुदृढ, सुरक्षित वित्तीय सहयोगीको रूपमा बैंकहरूले काम गर्ने भएकाले सबै सरोकारवालाको साथ र सहयोग सदैव आवश्यक हुने उहाँले औल्याउनुभयो।

एनएमबि बैंक लुम्बिनी प्रदेश सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाले स्थानीय उद्यम प्रोत्साहन, स्थानीय उत्पादन, स्थानीय स्रोत साधनको उपयोगको लागि वित्तीय सहकार्य गर्न रुकुमको ग्रामीण क्षेत्र आठविसकोटमा एनएमबि बैंकको शाखा खोलिएको बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरू, आठविसकोट उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश चन्द, इलाका प्रहरी प्रमुख, एनएमबि बैंक शाखा प्रबन्धक तथा कर्मचारी, स्थानीय जनताहरूको बाक्लो उपस्थिति रहेको थियो।

एनएमबि बैंक रुकुम आठविसकोट शाखा प्रबन्धक विवश घिमिरेले गाउँपालिकाका आम जनतालाई गुणस्तरीय बैंकिङ्ग सेवा दिन आफुहरू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुरक्षीत रूपमा बचत राख्ने, सरल कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न सबैलाई आग्रह गर्नुभयो।

आठविसकोटका अध्यक्ष रवि केसीको प्रमुख आतिथ्यता, एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीको स्वागत, एनएमबि बैंक लुम्बिनी प्रदेश एरिया एकका सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा करिब २ सय जनाको सहभागिता थियो। कार्यक्रम पश्चात् उपस्थित सबैलाई बैंकको तर्फबाट सम्मानस्वरूप जलपान गराइएको थियो।

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फाइनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरेको छ। एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १३८ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?