Butwal Today

एमाले संसदीय दलको बैठक जारी

१५ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १५ माघ ।

नेकपा एमालेले संसदीय दलको बैठक सुरू गरेको छ।सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरू भएको हो।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद सचिवालयमा दर्ता गरेको र छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भईरहेको छ।

माघ १८ गते देखि सुरू हुने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।