Butwal Today

एमाले संसदीय दलको बैठक जारी

१५ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १५ माघ ।

नेकपा एमालेले संसदीय दलको बैठक सुरू गरेको छ।सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरू भएको हो।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद सचिवालयमा दर्ता गरेको र छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भईरहेको छ।

माघ १८ गते देखि सुरू हुने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?