ट्रेंडिंग:

>> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै >> दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ? >> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय
१३ औँ वार्षिकोत्सव विशेष

कफी पर्यटनः कति संभव

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

कफी खेतीको जननीको रूपमा चिनिन्छ गुल्मी जिल्ला । अराबिका कफीको उत्पादनका लागि यो उपयुक्त क्षेत्र मानिन्छ । २०२२ सालमा हालको मुसिकोट नगरपालिका–५ अन्तर्गत आँपचौरमा कफी विकास केन्द्रको स्थापना गरी कफीको उत्पादनको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।पछिल्लो समयमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित भण्डारीडाँडामा नेपालकै एक मात्र कफी अनुसन्धान कार्यक्रम स्थापना गरिएसँगै कफीका विभिन्न जात र रोग किराहरूको बारेमा अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान कार्यक्रमले कफी खेतीमा थप लगानी र अनुसन्धानको आवश्यकता देखाएको छ । कफीको जननी जिल्ला गुल्मी । गुल्मीमा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीकोणले पनि निकै रमणीय र सुन्दर ठाउँ छन् । यहाँका किसानहरू पछिल्लो समयमा कफी खेतीमा लागेर राम्रो आम्दानी गर्न थालेका छन । कफीका सुन्दर बगैंचाहरूले गुल्मी आउने जोकोहीलाई पनि एकपटक कफीका सुन्दर बगैंचामा पस्न र सिक्न लोभ्याउँछ ।

  • के हेर्न सकिन्छ ?
    दुई सय रोपनी क्षेत्रफल फैलिएको अनुसन्धान कार्यक्रममा प्राङ्गारिक प्रबिधिद्वारा ३८ जातमा कफीको जातीय प्रशिक्षण भैरहेकोे कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं बरिष्ठ बैज्ञानिक जनार्दन गौतम बताउँछन् । गौतमका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बिउ छनोट गरी बिउ अनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धान गर्नका लागि भने अहिले दक्ष जनशक्तिको अभाव छ ।अनुसन्धान कार्यक्रममा बार्षिक १० हजार भन्दा बढी कफीका बीउ बेर्ना उत्पादन हुन्छ । एक सय किलोसम्म कफीको श्रोत बीउ उत्पादन तथा बितरण भैरहेको कार्यालय प्रमुख गौतमले बताए । पूर्वको ईलामदेखि पश्चिमको दैलेखसम्म यहाँको कफीको बीउबेर्ना पुग्ने गर्दछ । अनुसन्धान कार्यक्रमले कफी वालीमा मलखाद व्यवस्थापन परिक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गँबारो तथा अन्य रोग किरा व्यवस्थापन सम्बन्धी परिक्षणका साथै कफीको गुणस्तरको बारेमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।
    कफी खेती हेर्नका लागि आजभोलि मुसिकोट नगरपालिका अन्तर्गत कफी विकास केन्द्र आँपचौर र रुरु गाउँपालिका अन्तर्गत भण्डारीडाँडामा रहेको कफी अनुसन्धान कार्यक्रममा बेलाबेलामा मानिसहरू पुग्ने गर्दछन् । अनुसन्धान कार्यक्रममा हालसम्म दश हजार भन्दा धेरै मानिसहरूले अवलोकन भ्रमण गरिसकेका छन् । यहाँ उत्पादन गरिएका कफीका विभिन्न जात र सुन्दर बगैंचाहरूले यस क्षेत्रमा कफीको अलग्गै पहिचान बनाएको छ ।
  • कफी पर्यटनको विकास कसरी ?
    पर्यटनसँगै सिकाइः भण्डारीडाँडामा रहेको कफी अनुसन्धान कार्यक्रम यतिबेला आन्तरिक एवं वाह्य पर्यटकहरूका लागि अध्ययन र अवलोकन भ्रमणका लागि मुख्य गन्तव्य स्थल बन्ने क्रममा छ । जहाँ पुग्नेहरूले कफीको बगंैचा, नर्सरी हेर्ने, जानकारी लिने र कफीका जातहरू पहिचान गर्ने गर्दछन् ।तानसेन पुग्ने र गुुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्रमा पुग्ने पर्यटकलाई कफी पर्यटनसँग जोडन सकिन्छ । गुल्मीमा कफीको व्यवसायिक उत्पादनका लागि किसानहरू पनि लागिपरेका छन । कफीको बिस्तार र यसको प्रबद्र्धन गर्न मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट लगायतका पालिकाहरूले किसानहरूलाई एक सय भन्दा बढी कफीका बोटहरू लगाउने किसानलाई अनुदान र प्रोत्साहन लगायतका कार्यक्रमहरू उपलब्ध गराउन थालेको छ । जसका कारण कफी खेती गर्न इच्छुक किसानहरूमा थप उत्साह थपिएको छ ।
  • कफिसँग कृषिका विद्यार्थी र कर्मचारीः गत दश वर्ष अघि नेपालमै पहिलो पटक कार्यालय स्थापना गरेर सञ्चालन गरिएको अनुसन्धान कार्यक्रममा धेरै ज्ञान र सीप सिक्न सकिन्छ । कफीको रोग, किरा मात्रै नभइ कस्तो भूगोल र छहारीमा कफी खेती गर्न सकिन्छ जस्ता अनुसन्धान भण्डारीडाँडामा गरिएको हुँदा पनि यो ठाउँको अवलोकन धेरैका लागि निकै सिकाइमूलक र फलदायी बन्न सक्छ ।मुख्य गरेर कफी खेती गर्ने किसान, कफीका पारखी, विद्यालय तहको प्राविधिक बाली विज्ञान पढिरहेका (कक्षा ९–१२) विद्यार्थी, सिटीइभिटीका कार्यक्रममा भाग लिइरहेका विद्यार्थी, उच्च शिक्षातर्फ कृषि क्याम्पसका विद्यार्थी, शिक्षक, अनुसन्धान गर्ने अनुसन्धानदाता, कफी खेतीमा लागेका किसान र समूह, सहकारी, कृषि मन्त्रालय, निर्देशनालय, ज्ञान केन्द्र र पालिकाका कृषि शाखाका कर्मचारीहरू पनि यसका लक्षित वर्ग हुन् ।
  • दरबन्दी र जनशक्ति थप गर्नेः कार्यालय स्थापना भएको दश वर्ष हुँदा पनि नत यहाँ दरबन्दी अनुसारको जनशक्ति छैन । दक्ष जनशक्तिको अभावमा अनुसन्धानका लागि सम्बन्धित विषयका विज्ञहरू नहुँदा यसले किसानहरूलाई सोंचे अनुसारको प्रतिफल दिन सकिरहेको छैन ।१७ जना दरबन्दी रहेको अनुसन्धान कार्यक्रममा अहिले पाँच जना मात्र कार्यरत छन । चार जना वैज्ञानिकको दरबन्दीमा एक जना वैज्ञानिकले मात्र कफीको अनुसन्धान गरिरहेका छन । कफीमा लाग्ने सेतो गँबारोको रोकथामका बारेमा किसानहरूलाई जानकारी दिनको लागि आवश्यक दक्ष प्राविधिकहरू नभएका कारण किसानहरूले वर्षौंदेखि समस्या भोग्दै आइरहेका छन् ।
  • सडक र पूर्वाधार विकासः रिडीको रातामाटा, बलेटक्सार, उर्लिखोला, शाहघाटबाट अनुसन्धान कार्यक्रमस्थल भण्डारीडाँडा पुग्न सकिन्छ । त्यहाँ पुग्ने सबैभन्दा कम दुरीको सडक रिडी रातामाटा भण्डारीडाँडा हो । उक्त ६ किलोमिटर सडकको स्तरोन्नती र कालोपत्रे गर्न सके १२ महिना भण्डारीडाँडासम्म पुग्न सकिन्छ । अनुसन्धान कार्यक्रमले त्यस क्षेत्र वरपरका गाउँहरूका किसानसम्म कफि प्रोत्साहनको कार्यक्रम संचालन गर्दै होम स्टेको अवधारणा अगाडि बढाउन सके किसानकै घरमा बसेर सिक्न चाहने विद्यार्थी र अनुसन्धानदाताले सिक्ने अवसर पाउन सक्छन् । त्यसैगरी छोटो अवधिका पर्यटकले पनि होम स्टेको स्थानीयपनको अनुभव लिन सक्छन् ।
  • तीन तहको सरकारको जिम्मेवारीः २०७१ सालमा स्थापना भएको कफी अनुसन्धान कार्यक्रम यतिबेला ओझेलमा परेको छ । स्थानीय सरकार, प्रदेश, संघीय सरकारको खासै ध्यान जान सकेको छैन । कार्यालय स्थापना गरेर एक दशकसम्म आवश्यक जनशक्ति नहुनु थप बिडम्बनाको विषय हो । त्यसैगरी किसानसँग पुग्ने प्रोत्साहित कार्यक्रम बनाउन नसक्दा संभावना हुँदाहुँदै पनि किसानकै बलमा कफी खेती हुँदै आएको छ ।कार्यालयसम्म पुग्नका लागि मुख्य सडकको पहुँच नजिकै भए पनि त्यहाँसम्म पुग्नका लागि कच्ची र साँघुरो सडक, यातायातको समस्या, पूर्वाधारको अभाव थप समस्याको कारण बनेका छन । यसको विकासका लागि स्थानीय तहको पहलमा प्रदेश र संघको सहकार्य जरुरी छ । त्यसैगरी कफी अनुसन्धान कार्यक्रम, भण्डारी डाँडा र कफी विकास केन्द्र, आँपचौरबीच सहकार्य गर्दैै हातेमालो गरेर अघि बढ्न सकेमा गुल्मीलाई कफी पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउन सहयोग पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%